२० जेठ २०८३, बुधबार
03-06-2026 , Wed
×

३० नम्बर गण बाँकेमा एसपी भिम चन्द आएदेखि धमाधम अवैध सामान तथा लागुऔषधसहित २ जना पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ १९, २०८३

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके तथा मातहत इकाईहरूबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको रु. २१ लाख ७९ हजार १८१ बराबरका विभिन्न सामान बरामद गरेको छ।

बरामद गरिएका सामानमा औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल तथा एक थान ट्याक्टर रहेका छन्।यसै क्रममा टोलीले ब्राउन सुगर ०.६४० मिलिग्राम, ट्रामाडोल २१० ट्याब्लेट, नाइट्रोभेट ४० ट्याब्लेट र स्पास पराक्स ६ ट्याब्लेटसहित लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जिल्ला बाँकेको जानकी गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विष्णु यादव र जिल्ला दाङको तुल्सीपुर उपमहानगरपालिका–३ दमरगाउँ निवासी २६ वर्षीय शेरबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

बरामद अवैध सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय, बाँकेमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। साथै, लागुऔषधसहित पक्राउ परेका दुवै व्यक्तिलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सशस्त्र प्रहरी बल, नेपाल नं. ३० गण हे.क्वा. बागेश्वरी बाँके तथा मातहत इकाईहरूबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको रु. २१ लाख ७९ हजार १८१ बराबरका विभिन्न सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल तथा एक […]

बाँके । *पक्राउ परेका:* 1. *विष्णु यादव, ३०* – बाँके, जानकी गाउँपालिका-५, गुरुवागाउँ 2. *शेर बहादुर विश्वकर्मा, २६* – दाङ, तुल्सिपुर उपम.न.पा.-३, दमारगाउँ *बरामद सामान – कुल मूल्य रु. २१,७९,१८१/-* *तस्करीका सामान*: औषधी, लत्ताकपडा, पेय पदार्थ, किराना सामान, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, १ वटा मोटरसाइकल, १ वटा ट्याक्टर *लागूऔषध*: – ब्राउन सुगर: 0.640 मिलिग्राम […]

काठमाडौं । अहिले गर्मीको समय छ । तापक्रम बढेर नयाँ नयाँ किर्तिमान कायम गर्दैछ । गर्मी जति बढेपनि कामकाजी मानिसहरुले गर्मीको बेवास्ता गरेरै काम गर्नुपर्ने हुन्छ । यस्तोमा सरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसन हुने लगायतका विभिन्न खाले संक्रमण तथा स्वास्थ्य समस्या देखिन सक्छन् । डिहाइड्रेसनको खतरा गर्मी याममा निकै बढि हुने भएकाले आफ्नो खानपिनको […]

error: Content is protected !!