२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीले तुलसीपुरबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २०, २०८३

दाङ । तुल्सीपुर लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सोमबार राति करिब ९ः४५ बजे तुलसीपुर उपमहानगरपालिका–६ झुमरे क्षेत्रमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध खरिद–बिक्री भइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले घरकोठामा खानतलासी गर्दा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २५ वर्षीय पवित्र डाँगी, २६ वर्षीय गोविन्द बुढा मगर, तुलसीपुरकै वडा नं. ७ निवासी ३० वर्षीय कमल केसी र २७ वर्षीय रिगल महतरा क्षेत्री रहेका छन्।

उनीहरूको साथबाट प्रहरीले १० ग्राम १९० मिलिग्राम ब्राउन सुगर, आठ थान मोबाइल फोन र नगद तीन हजार ८४५ रुपियाँ बरामद गरेको छ ।

पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]