२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २०, २०८३

नयाँदिल्ली । नेपालको सत्तारुढ दलका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच आज बिहान १०ः३० बजे भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ ।

यो भेटलाई दुवै पक्षबाट महत्वका साथ हेरिएको छ । ५ दिने भारत भ्रमणमा रहेको सभापति लामिछानेलाई भारतले उच्च महत्त्व दिएको देखिएको छ ।

भेटमा सभापति लामिछानेले खुलारुपमा राखेका नेपाल भारत सम्बन्धी ‘रिसेट’ प्रस्तावका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

पहिलो दिन विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले स्वागत गरेका थिए ।

मङ्गलवार भाजपाको मुख्यालयमा रेड कार्पेट स्वागत सहित अध्यक्ष नीतिन नवीनले भेटवार्ता गरेका थिए ।

लगत्तै भारतको परराष्ट्र नीतिमा मुख्य भूमिका खेल्ने विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता भएको थियो भने साँझ भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता भएको थियो ।

शाहले भारतको गृहमन्त्री भएपछि भेटका पहिलो विदेशी नेता लामिछाने हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]