१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भेटवार्ता हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ २०, २०८३

नयाँदिल्ली । नेपालको सत्तारुढ दलका सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच आज बिहान १०ः३० बजे भेटवार्ता हुन लागेको स्रोतले जनाएको छ ।

यो भेटलाई दुवै पक्षबाट महत्वका साथ हेरिएको छ । ५ दिने भारत भ्रमणमा रहेको सभापति लामिछानेलाई भारतले उच्च महत्त्व दिएको देखिएको छ ।

भेटमा सभापति लामिछानेले खुलारुपमा राखेका नेपाल भारत सम्बन्धी ‘रिसेट’ प्रस्तावका विषयमा छलफल हुने अनुमान गरिएको छ ।

पहिलो दिन विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंहले स्वागत गरेका थिए ।

मङ्गलवार भाजपाको मुख्यालयमा रेड कार्पेट स्वागत सहित अध्यक्ष नीतिन नवीनले भेटवार्ता गरेका थिए ।

लगत्तै भारतको परराष्ट्र नीतिमा मुख्य भूमिका खेल्ने विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता भएको थियो भने साँझ भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता भएको थियो ।

शाहले भारतको गृहमन्त्री भएपछि भेटका पहिलो विदेशी नेता लामिछाने हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]