१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन जिल्ला अदालत ललितपुरको आदेश दियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २१, २०८३

काठमाडौं । जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो।

अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ। सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो।

अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको सहयोगमा थाइल्यान्डमा पक्राउ गरेर ल्याएको थियो।

नवलपरासी पश्चिम घर भई हाल ललितपुरको भैँसेपाटी बस्दै आएकी अधिकारीविरुद्ध यी तीन कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो।

उनले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको अभियोग लगाइएको छ।

उनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वभाविक पाइएको भन्दै सम्पत्ति शुद्धीकरणको कसुरमा २१ करोड बढी बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो।

इन्टरपोलबाट २०८२ चैत ३ गते रेड नोटिस जारी गराएको थियो। ती व्यवसायीले तुल्सीविरुद्ध प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
अदालतमा तुल्सीसहित ९ जना र एउटा पसललाई प्रतिवादी बनाइएको छ।

भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल र सिरहाका अशोककुमार अग्रवाल रहेका छन्। उनीहरुको तुल्सीले भनेअनुसार व्यापारीबाट रकम बुझेको आरोप छ।

उनको तुलसा कलेक्सनलाई पनि प्रतिवादी बनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]