१३ कार्तिक २०८३, बिहिबार
29-10-2026 , Thu
×

कैदीलाई होटलमा लगेर मासु बियर खुवाउनुका साथै युवतीसँग भेट गराएपछि २ प्रहरी बर्खास्त,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ २१, २०८३

काठमाडौं । केन्द्रीय कारागार जगन्नाथदेवलमा सजाय काटिरहेका एक कैदीलाई नियमविपरीत होटलमा लगेर मासु, बियर खुवाउनुका साथै युवतीसँग भेट गराएको फेला परेपछि दुई जना प्रहरी कर्मचारी बर्खास्तगीमा परेका छन्।

गत जेठ १ गते केन्द्रीय कारागारमा रहेका कैदी अनुप भण्डारीलाई हतकडी नै नलगाई कारागारबाहिर निकाली होटलसम्म पुर्‍याउने कार्यमा संलग्न प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको हो।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओम अधिकारीले घटनाको विषयमा छानबिन गरी दोषी पाइएका दुवै जनालाई बर्खास्त गरिएको पुष्टि गरेका छन्। उनीहरूमाथि आवश्यक छानबिन गरी पदबाट बर्खास्त गरिएको अधिकारीले बताए।

प्रहरी सहायक हवल्दार कुँवर र जवान विकले कैदी भण्डारीलाई ‘अस्पताल लैजाने’ बहाना बनाएर कारागारबाट बाहिर निकालेका थिए। तर, उनीहरूले कैदीलाई अस्पताल लैजानुको साटो होटल पुर्‍याएर मासु र बियर खुवाएका थिए।

यति मात्र नभई, ती प्रहरी कर्मचारीहरूले कैदी भण्डारीलाई होटलमा युवती समेत भेट गराउन सहयोग गरेको छानबिनबाट खुलेको छ। सुरक्षा संवेदनशीलतामा गम्भीर लापरबाही गर्दै कैदीलाई बाह्य गतिविधिमा संलग्न गराएको र व्यावसायिक आचरण उल्लंघन गरेको ठहर गर्दै प्रहरीले उनीहरूमाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । प्रहरीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई १५ वर्षपछि पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले लामो समयदेखि फरार सूचीमा रहेका प्रतिवादीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत बाँकेमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। बाँके […]

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]