२४ जेठ २०८३, आइतबार
07-06-2026 , Sun
×

तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित,४० डिग्रीसम्म तापक्रम,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ २३, २०८३

बाँके । दिउँसोपख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सडक सुनसान जस्तै देखिन थालेका छन् । गर्मी बढेसँगै उखुको जुस र लस्सी पाउने ठाउँमा सेवाग्राहीको घुइँचो बढ्न थालेको हो ।

जल तथा मौसम विज्ञान विभाग कोहलपुरका प्रमुख रामप्रसाद अवस्थीका अनुसार पश्चिम तराइका सबैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्रि सेल्सियस वा त्यो नजिक पुगेको छ । पछिल्लो समय तराईका जिल्लामा अत्यधिक गर्मी बढदै गएको र यसले सबैभन्दा बढी विद्यालयका बालबालिका, दैनिक काम गर्ने श्रमिक बढी प्रभावित भएका उहाँले बताउनुभयो ।

गर्मीले जनजीवन प्रभावित बनाइरहेका बेला विद्युत् आपूर्तिमा समेत कठिनाइ झेल्नुपर्दा सास्ती खेपिरहनुपरेको नेपालगञ्जका शिवदत्त भट्टले बताउनुभयो । गर्मीमा शितल बनाउने उपकरण बढी चलाउँदा भार थाम्न नसकेर  प्रसारण लाइनमा समस्या देखिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज बजार क्षेत्र घना बस्ती, काठ-प्लाईका पसल, पेट्रोल पम्प र बिजुलीको तारको जञ्जालले भरिएको छ। एउटा सानो स्पार्कले ठूलो क्षति गर्न सक्छ। *लापरबाही देखिने ठाउँहरू:* 1. *मुख्य चोक सुरक्षाविहीन*: त्रिभुवन चोक, धम्बोझी, राँझा चोक जस्ता ठाउँमा ट्राफिक प्रहरी त हुन्छ, तर फायर अलार्म, आगो निभाउने यन्त्र हेर्ने वा तुरुन्त दमकल बोलाउने जिम्मेवार सुरक्षाकर्मीको […]

दाङ । लुम्बिनी प्रदेशको यो बाहिनी निकै महत्वपूर्ण छ। कारण: 1. *भारतसँग लामो सीमा* – रुपन्देही, कपिलवस्तु, दाङ, बाँके जोडिन्छ। तस्करी, मानव बेचबिखन नियन्त्रणको मुख्य जिम्मा 2. *भन्सार नाकाहरु* – भैरहवा, कृष्णनगर जस्ता व्यस्त नाका यही क्षेत्रमा पर्छन् 3. *विपद् व्यवस्थापन* – तराईमा बाढी, डुबानको समयमा सशस्त्र प्रहरीको भूमिका सबैभन्दा बढी DIG दिपक अधिकारीज्यू यो […]

धनगढी । सुदूरपश्चिम प्रदेश डीआईजी ओमबहादुर राना मगरको कुशल नेतृत्वमा रहेको कार्यालयले आर्थिक वर्षको पहिलो ९ महिनामा ८५.११ प्रतिशत अंक प्राप्त गरी देशभर प्रथम स्थान हासिल गरेको हो। यो सफलता कोसेढुङ्गा हो किनभने यसअघि अर्धवार्षिक मूल्याङ्कनमा समेत यही कार्यालयले ८०.२१ प्रतिशत अंकसहित उत्कृष्ट प्रदर्शन गरिसकेको थियो। प्रहरी संगठनको कार्यसम्पादन, शान्ति–सुरक्षा व्यवस्थापन, सेवा प्रवाह तथा संगठनात्मक […]

error: Content is protected !!