१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

सरकारी विज्ञापन बन्द विरुद्ध बाँकेमा पत्रकारहरुको धर्ना,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ ३०, २०८३

बाँके । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन सम्बन्धी गरेको निर्णय खारेजीको माग गर्दै बाँकेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार एक घण्टा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत बाँकेमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा आयोजित धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]