३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

सरकारी विज्ञापन बन्द विरुद्ध बाँकेमा पत्रकारहरुको धर्ना,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ ३०, २०८३

बाँके । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन सम्बन्धी गरेको निर्णय खारेजीको माग गर्दै बाँकेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार एक घण्टा धर्ना दिएका छन् ।

नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत बाँकेमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको अगुवाइमा जिल्ला प्रशासन कार्यालय बाँकेको मूल गेटमा आयोजित धर्ना कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सहभागिता रहेको थियो । सहभागीहरूले सरकारी निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ। प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा […]

बाँके । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी सूचना तथा विज्ञापन प्रकाशन सम्बन्धी गरेको निर्णय खारेजीको माग गर्दै बाँकेका पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय बाँके अगाडि शुक्रबार एक घण्टा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्रमअन्तर्गत बाँकेमा पनि पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि दबाबमूलक प्रदर्शन गरेका हुन् । नेपाल पत्रकार महासंघ बाँके […]

काठमाडौं । उपत्यका ट्राफिक कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम उल्लंघन गर्ने कसैलाई पनि सहुलियत नदिन मातहतका ट्राफिक प्रहरीलाई कडा निर्देशन दिएका छन्। उनले ट्राफिक नियम उल्लंघन गर्ने जो-कोही भए पनि कानुनी कारबाही निर्दयताका साथ गर्नुपर्ने बताउँदै कसैलाई पनि छुट नदिन स्पष्ट निर्देशन दिएका हुन्। सडकमा खटिने ट्राफिक प्रहरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निगरानीमा रहने […]

error: Content is protected !!