१४ कार्तिक २०८३, शुक्रबार
30-10-2026 , Fri
×

नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवा सिफारिस,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ३०, २०८३

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिले कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको छ र चित्त नबुझ्ने उम्मेदवारहरूले सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था मिलाएको छ।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।

प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको उल्लेख गरेको छ। सिफारिस सूचीमा चित्त नबुझ्ने उम्मेदवारहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यवस्था समेत रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा महिला प्रहरी कर्मचारीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा यस कार्यालय तथा मातहतमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कार्यस्थलमा आइपर्ने समस्या, चुनौती, महिला प्रहरीको भूमिका र थप सशक्तिकरणका विषयमा छलफल गरिएको थियो।

  बाँके । नेपालगन्ज जमुनाहा भन्सार मुख्य नाकामा यात्रु शाखा कर्मचारीको चरम दुरुपयोग गरी लाखौंको सामान नेपाल भित्र्याइने गरेको सेटिङ जालो भत्किएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको विशेष मोबाइल गस्ती टोलीले जमुनाहा नाकाबाट नेपालगञ्जतर्फ जादै गरेका २ वटा पेट्रोल अटो (नम्बर ५०२२ र ५९५६) लाई रोकी चेकजाँच गर्दा […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगरका अनुसार २०८३ कात्तिक ११ गते बिहान ११:३० बजे महेन्द्र पार्क नजिक बेवारिसे अवस्थामा रहेको सामान फेला परेको हो। प्रहरी निरीक्षक कृष्णबहादुर कुँवरको कमान्डमा खटिएको ५ जनाको टोलीले उक्त सामान बरामद गरी इलाका प्रहरी कार्यालयमा ल्याएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य रु. २२ लाख ९२ हजार १०० रहेको […]