१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

दीपेन्द्र सरकारको अन्तिम दिनको दुर्लभ तस्बिर

Logo
Abc Sanchar प्रकाशित बुधबार, आषाढ ०३, २०८३

काठमाडौं । वि.सं. २०५८ साल जेठ १९ गते, शुक्रबार। दरबार हत्याकाण्ड हुनुभन्दा केही घण्टाअघि।
आज यो तस्बिर सार्वजनिक गर्दा मन निकै भारी भएको छ।
त्यो दिन दिउँसो करिब ३ बजेतिर म, सागर श्रेष्ठ, र मेरो मित्र रवि मानन्धर सातदोबाटोस्थित स्विमिङ पुल र दशरथ रङ्गशाला क्षेत्रमा थियौं। त्यही समयमा युवराजाधिराज श्री ५ दीपेन्द्र बीर विक्रम शाहदेव सरकार दशरथ रङ्गशालामा भइरहेको खेलकुद कार्यक्रमको तयारी तथा निरीक्षणका लागि आउनुभएको थियो।
हामीले उहाँको तस्बिर खिच्न खोज्दा दरबारका ADC ले रोक्नुभयो। तर त्यसबारे जानकारी पाएपछि युवराजाधिराज स्वयंले ADC लाई हामीकहाँ पठाउनुभयो र तस्बिर लिन अनुमति दिनुभयो। त्यसपछि हामी उहाँनजिक पुग्यौं। उहाँले अत्यन्त सहज र खुसी मुद्रामा विभिन्न पोज दिँदै तस्बिर खिचाउनुभयो।
त्यो साँझ देशको इतिहासकै सबैभन्दा दुःखद घटनामध्ये एक घट्नेछ भन्ने कल्पना हामीमध्ये कसैले पनि गरेका थिएनौं।
आज फर्केर हेर्दा, यो तस्बिर उहाँको जीवनको अन्तिम सार्वजनिक तस्बिरहरूमध्ये एक हुनसक्ने सम्झनाले मन भावुक बनाउँछ।
? फोटो: सागर श्रेष्ठ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]