२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मनसुन विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना प्रभावकारी बनाउने उद्देश्यका साथ अन्तर–विषयगत बैठक सम्पन्न :

Logo
बिदुर एमसी प्रकाशित बुधबार, आषाढ ०३, २०८३

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो ।

मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै त्यसबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, स्वास्थ्य, खानेपानी, कृषि, शिक्षा, सञ्चार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

बैठकमा सहभागीहरूले बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का समयमा तत्काल उद्धार, राहत वितरण, सूचना आदान–प्रदान र आवश्यक स्रोत–साधन व्यवस्थापनलाई चुस्त बनाउन साझा योजना अनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

मन्त्रालयले मनसुनको समयमा हुन सक्ने सम्भावित विपद्को जोखिम न्यूनीकरण गर्न स्थानीय तह, सुरक्षा निकाय र विभिन्न क्षेत्रगत समूहबीच नियमित समन्वय, पूर्वतयारी र प्रतिकार्य प्रणालीलाई मजबुत बनाउँदै लैजाने बताएको छ ।

बैठकमा जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख रामप्रसाद अवस्थी, पिपुल इन्निड प्रवेश गौतमले सहजीकरण गरेका थिए ।

त्यस्तै सुपर परियोजना युनिसेफका प्रदेश संयोजक डम्मर बोहराले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ को मस्यौदाको प्रस्तुतिकरण सहितको सहजीकरण गरेका थिए । बैठकको सञ्चालन मन्त्रालयका विपद् फोकल पर्सन भुपबहादुर मल्लले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]