१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

नेपालगन्ज रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका आकर्षक चित्रहरू त्यहीँ पर्खालमा पिसाब गर्दै,कार्वाही कसले गर्ने?

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ०३, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ।
.
यस सम्बन्धमा केही जिज्ञासाहरू छन्:
१. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्?
२. ती सार्वजनिक शौचालयहरू नियमित रूपमा सञ्चालनमा छन् कि छैनन्?
३. भित्तेचित्र बनाइएको स्थानमा दिसापिसाब गरेको कारण मात्र कारबाही हुने हो, वा नेपालगञ्जका अन्य सार्वजनिक स्थानहरूमा पनि खुला रूपमा दिसापिसाब गरे कानुनअनुसार कारबाही हुने व्यवस्था छ?
४. यस्ता घटनामा जरिवाना तथा कारबाही गर्ने अधिकार वडा कार्यालय, वडा अध्यक्ष, नगर प्रहरी, उपमहानगरपालिका प्रशासन वा नगर प्रमुखमध्ये कसको हो?
५. यदि कुनै क्षेत्रमा यस्ता गतिविधि बारम्बार दोहोरिन्छन् भने त्यसको रोकथाम र व्यवस्थापनका लागि सम्बन्धित निकायले के कदम चाल्नेछ?
६. सार्वजनिक सम्पत्तिको संरक्षण तथा यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक स्थानहरूमा CCTV जडान गर्ने योजना छ कि छैन?
७. रानीतलाउ क्षेत्रमा भविष्यमा CCTV क्यामेरा जडान गर्ने कुनै योजना रहेको छ कि छैन?
नगरको सौन्दर्य, सरसफाइ र सभ्य वातावरण कायम राख्न स्थानीय सरकार र नागरिक दुवैको समान जिम्मेवारी रहेको हुँदा सम्बन्धित निकायबाट स्पष्ट जानकारी र प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्दछु।

यस्ता गतिविधिमा कानुनबमोजिम कारबाही केवल दोषी व्यक्तिलाई मात्र हुने हो, वा रोकथाम तथा व्यवस्थापनमा लापरवाही भएमा सम्बन्धित वडा कार्यालय, वडा अध्यक्ष, उपमहानगरपालिका वा सम्बन्धित निकायको पनि कुनै जवाफदेहिता हुन्छ?

नगरको सौन्दर्य, सरसफाइ र सभ्य वातावरण कायम राख्न स्थानीय सरकार र नागरिक दुवैको समान जिम्मेवारी रहेको हुँदा सम्बन्धित निकायबाट स्पष्ट जानकारी र प्रभावकारी कार्यान्वयनको अपेक्षा गर्दछु।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  प्रश्न : स्थानीय तहलाई तपाईंले ‘हाम्रो साझा सम्पत्ति’ भन्नुभएको छ। यसको अर्थ के हो? सबिन प्रियासन : स्थानीय तह भनेको कुनै एउटा व्यक्ति, राजनीतिक दल वा निर्वाचित जनप्रतिनिधिको मात्रै सम्पत्ति होइन। यो सम्पूर्ण नागरिकको साझा संस्था हो। जनताले तिरेको कर, नागरिकको श्रम, सहभागिता र सामूहिक प्रयासबाट स्थानीय तह सञ्चालन हुन्छ। त्यसैले यसको विकास, संरक्षण […]

दाङमा महको नयाँ दररेट सार्वजनिक, प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म दाङ । घोराही नेपाल मौरीपालक महासंघ जिल्ला शाखा दाङले जिल्लामा उत्पादित महको बिक्री वितरणमा एकरूपता कायम गर्न नयाँ दररेट सार्वजनिक गरेको छ। महासंघले महको प्रकारअनुसार प्रतिकेजी ६०० देखि ८०० रुपैयाँसम्म मूल्य निर्धारण गर्दै मौरीपालक किसानलाई सोही दररेटअनुसार मह बिक्री गर्न आग्रह गरेको छ। नेपाल मौरीपालक […]

  दाङ । घोराही सिमेन्ट उद्योगमा कामबाट निकालिएका श्रमिकलाई तत्काल पुनर्बहाली गर्न माग गर्दै नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले शान्तिपूर्ण विरोध कार्यक्रम आयोजना गरेको छ। समितिले श्रमिकका माग सम्बोधन नगरे कडा सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ। नेपाल कारखाना श्रमिक संघ तदर्थ समितिले संघका उपाध्यक्ष मानबहादुर कुँवरलाई बिना गल्ती पूर्वाग्रही ढङ्गले निष्कासन गरिएको […]