२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन एसपी बास्तोलाबाट शिलान्यास

Logo
प्रकाशित सोमबार, माघ २७, २०७६

सागर थापा (क्राईमबिट)
बर्दिया माघ २७ ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोगमा ठाकुरबाबा नगरपालिका-३ स्थित बग्नाहमा निर्माण हुने प्रहरी चौकी सूर्यपटुवा बग्नाहको नयाँ भवन आइतबार आयोजित एक कार्यक्रमवीच शिलान्यास भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी राजेशनाथ बास्तोलाले भूमि पूजन सहित उक्त प्रहरी चौकीको नयाँ भवनको शिलान्यास गरेका हुन् ।
उक्त चौकीको नयाँ स्थायी भवन निर्माणका लागि बर्दिया जिल्ला निर्बाचन क्षेत्र नम्बर २ स्थानीय पुर्बाधार बिकाश कोष कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३, ४ र ५ को प्रति वडा १० लाखको दरले जम्मा ३० लाख रुपैयाँ रकम बिनियोजन भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
साथै उक्त भवन निर्माणको लागि ठाकुरबाबा नगरपालिकाको बैठकबाट निर्णय गरी स्थानीय राजेन्द्र योगीको अध्यक्षतामा ९ सदस्सीय भवन निर्माण समिति गठन गरी सोही समितिको निर्णयानुसार भवन शिलान्यास भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!