२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा आउने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् ।

यो संयोग जुराइदिएको हो–मदन भण्डारी फाउन्डेसनले । असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजना गर्न लागेको ‘नेपालको कम्युनिस्ट आन्दोलन र मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोह’मा ओली, प्रचण्ड, नेपाल र खनालले एउटै मञ्च सेयर गर्न लागेका हुन् ।

उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् । २०५० जेठ ३ को दासढुङ्गा दुर्घटनामा बितेका जीवराज आश्रितसँगै बितेका तत्कालीन एमाले महासचिव मदन भण्डारीको पर्सि असार १४ गते ७५ औँ जन्मजयन्ती हो ।

जन्म जयन्तीका अवसरमा मदनबारे नेताहरूले चर्चा गर्नुका साथै पुरस्कार वितरण गरिने कार्यक्रम रहेको छ । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]