२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

पदबाट राजीनामा,सेवाबाट होइन शहादत मस्जिद समितिका कोषाध्यक्षको सन्देशले तान्यो सबैको ध्यान,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ १२, २०८३

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१७ स्थित शहादत मस्जिद, ईदगाह तथा कर्बला व्यवस्थापन समिति परसपुरका कोषाध्यक्ष मंसूर अली इद्रिशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। कोषाध्यक्ष इद्रिशीले लामो समयदेखि गरिब, दुःखी, पीडित र न्यायको खोजीमा रहेका नागरिकहरूको आवाज बन्दै आएका पत्रकार लिमरा खबर सञ्चार माध्यममा समाचार प्रमुखको जिम्मेवारी निर्वाह गर्दै आएका छन्।
उनले २०७९ साल वैशाख २१ गतेदेखि समितिको कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै व्यक्तिगत कारणवश २०८३ साल असार १२ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।
राजीनामा पत्रमार्फत उनले समितिमा रहँदा साथ, सहयोग र विश्वास गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य, स्थानीयवासी तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
साथै, पदबाट अलग भए पनि शहादत मस्जिद, ईदगाह तथा कर्बलाको विकास, व्यवस्थापन, धार्मिक गतिविधि र सामाजिक सेवाका कार्यमा आफ्नो साथ, सहयोग र समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
समितिका एक जिम्मेवार पदाधिकारीको राजीनामालाई स्थानीय मुस्लिम समुदायले चासोका साथ हेरेका छन्। अब समितिले रिक्त भएको कोषाध्यक्ष पदमा नयाँ जिम्मेवारी कसलाई दिने भन्ने विषयमा आगामी निर्णय गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]