२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

दाङ घोराहीको मुख्य बजारमा परेको वर्षापछि पूरै जलमग्न, केही बैर बाटो अबरुद्ध,

Logo
सागर थापा प्रकाशित आइतबार, आषाढ १४, २०८३

दाङ । घोराही उपमहानगरपालिका–१५, मुख्य बजार* आइतबार दिउँसो परेको वर्षापछि पूरै जलमग्न भएको छ।

मुसलधारे वर्षा सुरु भएको केही समयमै सडक नदीजस्तै भयो। ढल निकास प्रणालीले थेग्न नसक्दा पानी सडकमा थुनिएर बजार क्षेत्र डुबानमा परेको हो। पसल, मोटरसाइकल, पैदल यात्रु सबैलाई समस्या भएको स्थानीयले बताएका छन्।

ढल सानो, पानी धेरै: पुरानो बजारको ढल २० वर्ष अगाडिको डिजाइनको हो। अहिले कंक्रिट घर, पिच सडक बढ्दा माटोले पानी सोस्दैन। सबै पानी एकैचोटि ढलमा पस्छ।

प्लास्टिक, बोतल, घरको फोहोरले म्यानहोल र ढल थुनिदिँदा पानी पास हुँदैन। नाला माथि पसल थप्ने, ढलको मुख बन्द गर्ने प्रवृत्तिले पानीको प्राकृतिक बाटो रोकिन्छ।

दुकानमा पानी पस्यो भने सामानमा नोक्सान, ट्राफिक जाम, स्कुल जाने बच्चा/बुढाबुढी लड्ने जोखिम, र पानी जमेपछि डेंगु, झाडापखालाजस्ता रोगको डर भएको छ ।

घोराही उपमहानगरले मनसुन अगाडि नै सबै म्यानहोल सफा गर्ने, अवरुद्ध ढल खोल्ने, र मुख्य बजारमा ठूलो क्षमता भएको ड्रेनेज सिस्टम बनाउनुपर्छ। तर वर्षा सुरु भइसकेपछि “तदर्थ” सफाईले मात्र पुग्दैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]