२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को एकसाथ सरुवा,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १८, २०८३

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जनपदतर्फ सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट मनोज केसीलाई सरुवा गरिएको छ। त्यहाँ उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट मनोज केसीलाई सरुवा गरिएको छ। त्यहाँ उमाप्रसाद चतुर्वेदीलाई खटाइएको छ।

यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख ईश्वर कार्की मानवस्रोत विभागमा सरुवा भएका छन्। उपत्यकामा सुशील सिंह राठौरले जिम्मेवारी पाएका छन्।

यसअघि राठौर अपराध अनुसन्धान विभागमा कार्यरत थिए। उनको स्थानमा सीआईबीबाट मनोज केसीलाई ल्याइएको छ।

मानव स्रोत विभागमा कार्यरत राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ। प्रतिष्ठानमा कार्यरत सिद्धिविक्रम शाहलाई कार्य विभागमा सरुवा गरिएको छ।

प्रदेश समन्वय विभागमा कार्यरत एआइजी डम्बर विक प्रशासन विभागमा सरुवा भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । ११२ औं बीपी जन्म जयन्तीको अवसरमा घोराही-१५ स्थित बिपी चोकमा महामानव बीपी कोइरालाको शालिक पुनः अनावरण गरिएको छ। नेपाली कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता र केन्द्रीय उपसभापति पुष्पा भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा केन्द्रीय सह-महामन्त्री योगेन्द्र चौधरी र लुम्बिनी प्रदेश सभापति अमर पुनको विशेष उपस्थिति रहेको थियो।

दाङ । नेपालजस्तो कृषि प्रधान देशमा आर्थिक समृद्धिको सबैभन्दा बलियो आधार कृषि नै हो। तर विडम्बना, हाम्रो देशमा कृषिलाई अझै पनि परम्परागत पेशाका रूपमा मात्र हेर्ने प्रवृत्ति कायम छ। उत्पादन, प्रशोधन, बजार र उद्यमशीलतासँग जोडेर कृषिलाई आर्थिक विकासको मुख्य आधार बनाउन सकेको खण्डमा नेपालमा रोजगारी सिर्जना, आय वृद्धि र जनतालाई प्रत्यक्ष राहत प्रदान गर्ने काम […]

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।