३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

दाङमा केन्द्रिय अनुसन्धान ब्युरोले बाघको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
दाङ माघ २९ अनुसन्धान प्रहरीले तुलसीपुरको बसपार्कबाट बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले तलुसीपुर ५ स्थित बासपार्कबाट बाघको छालासहित तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ का ३७ वर्षीय यमबहादुर राना, त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय रामजा बुढामगर र शारदा नगरपालिका–१ का २६ वर्षीय रमित सुनार रहेका छन् ।
वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद विक्री गर्न लागेको विशेष सूचना पाएपछि अनुसन्धान ब्यूरोले उनीहरुलाई तलुसीपुर बसपार्कबाट पक्राउ गरेको थियो । तीन जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरुद्धको अपराध मुद्दा दायर गरिएको ब्यूरोका प्रवक्ता एसपी बेल पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ब्यूरोले उनीहरुलाई बाघको छालासिहत डिभिजन वन कार्यालय दाङमा बुझाएको प्रबक्ता एसपी पान्डेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]