२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा केन्द्रिय अनुसन्धान ब्युरोले बाघको छालासहित ३ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २९, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
दाङ माघ २९ अनुसन्धान प्रहरीले तुलसीपुरको बसपार्कबाट बाघको छालासहित ३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले तलुसीपुर ५ स्थित बासपार्कबाट बाघको छालासहित तीन जना युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–२ का ३७ वर्षीय यमबहादुर राना, त्रिवेणी गाउँपालिका–१ का ३० वर्षीय रामजा बुढामगर र शारदा नगरपालिका–१ का २६ वर्षीय रमित सुनार रहेका छन् ।
वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद विक्री गर्न लागेको विशेष सूचना पाएपछि अनुसन्धान ब्यूरोले उनीहरुलाई तलुसीपुर बसपार्कबाट पक्राउ गरेको थियो । तीन जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ विरुद्धको अपराध मुद्दा दायर गरिएको ब्यूरोका प्रवक्ता एसपी बेल पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ब्यूरोले उनीहरुलाई बाघको छालासिहत डिभिजन वन कार्यालय दाङमा बुझाएको प्रबक्ता एसपी पान्डेले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!