२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

दाङका मुख्य राजमार्गमा यात्रुबाहक बसहरू रोकेर खाना खुवाउने ८ वटा होटल कारबाहीमा,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २०, २०८३

दाङ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक सिडियो साबित्रा पुनको नेतृत्वको सम्बन्धित निकायको टोलीले लमही,भालुवाङ धानखोला सम्मको सडक खण्डका होटलमा छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा लापरबाही भेटिएपछि  ८ वटा होटलमा ८५ हजार रुपैयाँ जरिवाना पनि गरिएको छ।

होटलको भान्सामा खाना राख्ने भाँडा, पिउने पानीको गुणस्तर खानाको रेट नटाँस्ने,यात्रुलाई महँगोमा बेच्ने बस चालक/सहचालकलाई कमिसन दिएर जबर्जस्ती होटलमा छिराउने
बासी खाना, म्याद नाघेको सामान राख्ने

अनुगमनको क्रममा दाङ पूर्व-पश्चिम राजमार्गको ट्रान्जिट प्वाइन्ट हो। काठमाडौं, नेपालगन्ज, भैरहवा जाने यात्रुहरू यहीँ रोकिन्छन्। गर्मीमा बासी खाना र अस्वच्छ पानीका कारण यात्रु बिरामी हुने गुनासो धेरै आउने गर्छ। त्यही भएर जिल्ला प्रशासन कार्यालय दाङले नियमित रूपमा अनुगमनमा कडाइ गरेको हो।

८५ हजार भनेको एउटा होटललाई औसत १० हजार ६ सयका दरले पर्न आउँछ। जरिवाना तिरे पनि सुधार नगरे इजाजत नै खारेज गर्ने चेतावनी प्रशासनले दिएको हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]