दाङ । घोराहीमा आयोजित एक कार्यक्रमका बीच संघले उनीहरुलाई सम्मान गरेको हो।
कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो।
सम्मान ग्रहण गर्दै सांसदद्वयले दाङ जिल्लाको समग्र आर्थिक विकास, उद्योगी व्यवसायीका समस्या र निजी क्षेत्रको प्रवर्द्धनका लागि आफूले संसदमा पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै उद्योग वाणिज्य संघका अध्यक्षले नवनिर्वाचित सांसदहरुलाई बधाई दिँदै जिल्लाको व्यापारिक वातावरण सुधार, औद्योगिक क्षेत्रको विस्तार र व्यवसायीमैत्री नीति निर्माणमा सहकार्य गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा व्यवसायीहरुले भ्याट, अन्तःशुल्क, बैंकको ब्याजदर र बजार मन्दीका विषयमा आफ्ना गुनासोहरु समेत सांसद समक्ष राखेका थिए।