१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

श्रीमतीले श्रीमानको हत्या गरी टोइलेटको भुइँ मुनि शव गाडिन्, ४५ दिनसम्म बेपत्ताको नाटक,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २१, २०८३

भारत,उत्तर प्रदेश: उत्तर प्रदेशको आग्रा जिल्लाको सिकन्दरा क्षेत्रमा अत्यन्तै हृदयविदारक हत्या प्रकरण सार्वजनिक भएको छ। करिब ४५ दिनदेखि बेपत्ता रहेका सुरेन्द्र शर्माको शव उनकै घरको बाथरूमको भुइँमुनिबाट प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न भएको आरोपमा उनकी श्रीमती रुबी शर्मालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार सुरेन्द्र शर्मा बेपत्ता भएपछि रुबी शर्माले श्रीमान हराएको भन्दै बेपत्ताको उजुरी समेत दर्ता गराएकी थिइन्। उनले लामो समयसम्म श्रीमान हराएको नाटक गर्दै प्रहरी अनुसन्धानलाई समेत भ्रममा पार्ने प्रयास गरेकी थिइन्।

तर, मृतकका परिवारले लगातार शंका व्यक्त गरेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो। सोधपुछका क्रममा रुबी शर्माका बयानहरूमा विरोधाभास देखिएपछि कडा अनुसन्धान गरिएको थियो। त्यसक्रममा उनले श्रीमानको हत्या गरी शवलाई घरको बाथरूमको भुइँमुनि गाडी माथिबाट सिमेन्ट र प्लास्टर लगाएर ढाकेको कथित रूपमा स्वीकार गरेकी प्रहरीले जनाएको छ।

त्यसपछि प्रहरीको उपस्थितिमा बाथरूमको भुइँ फुटाएर शव निकालिएको हो। शव पोस्टमार्टमका लागि पठाइएको छ भने हत्याको कारण, घटनामा अन्य कसैको संलग्नता रहेको वा नरहेको विषयमा विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]