२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

यातायात कार्यालयका प्रमुखद्वारा सेवाग्राहीमाथि कुटपिट ट्राफिक प्रहरीको भूमिकामाथि पनि प्रश्न?

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २१, २०८३

बारा । जिल्लाको यातायात व्यवस्था कार्यालय, कलैयाका प्रमुख चिन्तन आचार्यमाथि एक सेवाग्राहीलाई ट्राफिक प्रहरीकै अगाडि फिल्मी शैलीमा कुटपिट गरेको आरोप लागेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि उक्त घटनाले व्यापक चर्चा पाएको छ।

प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा ट्राफिक प्रहरी उपस्थित भए पनि तत्काल प्रभावकारी हस्तक्षेप नगरेको आरोप लगाइएको छ। केही स्थानीयले ट्राफिक प्रहरीले प्रमुख आचार्यको संरक्षण गरेको दाबी गरेका छन्। यद्यपि, यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ।

यातायात व्यवस्था कार्यालय, कलैया पछिल्ला केही वर्षदेखि अनियमितता, ढिलासुस्ती, बिचौलियाको प्रभाव तथा सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिका आरोपका कारण निरन्तर चर्चामा रहँदै आएको छ। यद्यपि, यी सबै आरोप कानुनी रूपमा पुष्टि भएका छैनन्। स्थानीय नागरिक, सेवाग्राही तथा सरोकारवालाले कार्यालयमा बिचौलियाको सक्रियता र कमजोर निगरानीका कारण सेवाप्रवाह प्रभावित हुँदै आएको गुनासो गर्दै आएका छन्।

कार्यालय प्रमुख चिन्तन आचार्यमाथि चालक अनुमति पत्र (लाइसेन्स) लगायतका सेवामा बिचौलियामार्फत प्रभाव जमाउने गरेको आरोप पनि लाग्दै आएको छ। मन्त्रीको निकट व्यक्ति भएको दाबी गर्दै पुनः यही कार्यालयमा काजमा आउने चर्चा हुने गरेको तथा मन्त्रीको नाम र प्रभाव देखाएर चन्दा असुलीसमेत गरेको भन्ने सूचना प्राप्त भएको दाबी गरिए पनि यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

गत बिहीबार सञ्चालन गरिएको ट्रायल परीक्षाको नतिजालाई लिएर पनि विभिन्न प्रश्न उठिरहेका छन्। परीक्षाको प्रक्रिया निष्पक्ष र पारदर्शी थियो वा थिएन भन्ने विषयमा सेवाग्राहीले चासो व्यक्त गरेका छन्।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय, निजगढको नेतृत्व प्रहरी निरीक्षक हरि भट्टराईले सम्हालेपछि बाराका नागरिकमा सुधारको अपेक्षा बढेको छ। विगतमा लाइसेन्स, सवारी दर्ता, नवीकरण लगायतका सेवामा अनावश्यक झन्झट, आर्थिक चलखेल र बिचौलियाको प्रभाव रहेको गुनासो पटक–पटक उठ्ने गरेको थियो।

स्थानीय नागरिकको अपेक्षा भने स्पष्ट छ—कानुन सबैका लागि समान रूपमा लागू होस्, बिचौलियाको प्रभाव अन्त्य होस् र सेवाग्राहीले सम्मानपूर्वक तथा सहज रूपमा सरकारी सेवा प्राप्त गर्न सकून्। नयाँ ट्राफिक प्रमुख हरि भट्टराईले पारदर्शिता, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई व्यवहारमा उतार्न सके बाराको ट्राफिक प्रशासनप्रति जनविश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]