१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

भारतका चर्चित अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा जेल सजाय हुन सक्ने,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २६, २०८३

भारतका चर्चित अभिनेता राजपाल यादवलाई चेक बाउन्ससम्बन्धी मुद्दामा तीन महिनाको जेल सजाय सुनाउने तल्लो अदालतको फैसला दिल्ली उच्च अदालतले सदर गरेको छ।

समाचार संस्था पीटीआईका अनुसार शुक्रबार दिल्ली उच्च अदालतले राजपाल यादवले दायर गरेको पुनरावेदन खारेज गर्दै सजाय यथावत् रहने फैसला गरेको हो। अदालतको निर्णयसँगै उनी फेरि जेल जानुपर्ने सम्भावना बढेको छ।

न्यायाधीश स्वर्ण कान्ता शर्माको एकल इजलासले राजपाल यादवविरुद्ध दायर सातवटा उजुरीमध्ये प्रत्येकमा उजुरीकर्तालाई एक करोड भारतीय रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न पनि आदेश दिएको छ। यद्यपि यसअघि नै उनले करिब दुई करोड भारतीय रुपैयाँ भुक्तानी गरिसकेकाले उक्त रकम समायोजन गरिने अदालतले स्पष्ट पारेको छ।

उच्च अदालतले यो फैसलाविरुद्ध माथिल्लो अदालतमा अपिल गर्न राजपाल यादवलाई दुई महिनाको समय पनि दिएको छ।

यो मुद्दा राजपाल यादव र उनकी पत्नीले सन् २०१९ मा दायर गरेको पुनरावेदनसँग सम्बन्धित हो। उनीहरूले सन् २०१८ मा मजिस्ट्रेट अदालतले चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै सुनाएको सजायलाई सेसन अदालतले सदर गरेपछि त्यसविरुद्ध उच्च अदालत पुगेका थिए।

पछि जुन २०२४ मा दिल्ली उच्च अदालतले केही सर्तसहित उनको सजाय अस्थायी रूपमा स्थगित गरेको थियो। त्यतिबेला दुवै पक्षलाई आपसी सहमतिबाट विवाद समाधान गर्ने प्रयास गर्न अदालतले निर्देशन दिएको थियो।

राजपाल यादवका कानुन व्यवसायीले उक्त रकम चलचित्र निर्माणका लागि लगानी जुटाउने क्रममा भएको वित्तीय कारोबारसँग सम्बन्धित रहेको बताएका थिए। निर्माण गरिएको चलचित्र बक्स अफिसमा असफल भएपछि ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको र त्यसकै कारण चेक बाउन्स भएको दाबी गरिएको थियो।

उच्च अदालतको पछिल्लो आदेशपछि माथिल्लो अदालतबाट राहत नपाए राजपाल यादवले तीन महिनाको जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]