१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

जि.प्र.का. बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक रतनसिंह थारु अनिवार्य अवकाश धेरै धेरै शुभकामना

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २७, २०८३

बाँके । नेपाल प्रहरीको ३० वर्ष भनेको सानो समय होइन। दिन-रात, चाडपर्व, घाम-पानी नभनी देश र जनताको सुरक्षामा बिताउनु भएको हरेक दिन अमूल्य छ। बाँके जस्तो संवेदनशील जिल्लामा सेवा गर्नु भनेको थप चुनौती र जिम्मेवारी पनि हो।

अब अवकाश पछिको *नागरिक जीवन सुखद, स्वस्थ र सरल* होस्। परिवारसँग धेरै समय बिताउने, आफ्ना रहरहरू पूरा गर्ने समय आयो। वर्दी त उतार्नु भयो, तर ३० वर्षले सिकाउनु भएको अनुशासन, इमान्दारिता र सेवाभावले सधैं समाजमा उज्यालो छर्दै जानेछ।

रतन सिंह थारु सर जस्ता इमानदार प्रहरी कर्मचारीहरूकै कारण नेपाल प्रहरीप्रति जनताको भरोसा बढेको हो।

सेवा, सुरक्षा र सम्मानको आदर्श उदाहरण बन्नुभएकोमा हृदयदेखि सम्मान र धन्यवाद।
आगामी जीवनको लागि धेरै शुभकामना सर! ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]