२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

जि.प्र.का. बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक रतनसिंह थारु अनिवार्य अवकाश धेरै धेरै शुभकामना

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २७, २०८३

बाँके । नेपाल प्रहरीको ३० वर्ष भनेको सानो समय होइन। दिन-रात, चाडपर्व, घाम-पानी नभनी देश र जनताको सुरक्षामा बिताउनु भएको हरेक दिन अमूल्य छ। बाँके जस्तो संवेदनशील जिल्लामा सेवा गर्नु भनेको थप चुनौती र जिम्मेवारी पनि हो।

अब अवकाश पछिको *नागरिक जीवन सुखद, स्वस्थ र सरल* होस्। परिवारसँग धेरै समय बिताउने, आफ्ना रहरहरू पूरा गर्ने समय आयो। वर्दी त उतार्नु भयो, तर ३० वर्षले सिकाउनु भएको अनुशासन, इमान्दारिता र सेवाभावले सधैं समाजमा उज्यालो छर्दै जानेछ।

रतन सिंह थारु सर जस्ता इमानदार प्रहरी कर्मचारीहरूकै कारण नेपाल प्रहरीप्रति जनताको भरोसा बढेको हो।

सेवा, सुरक्षा र सम्मानको आदर्श उदाहरण बन्नुभएकोमा हृदयदेखि सम्मान र धन्यवाद।
आगामी जीवनको लागि धेरै शुभकामना सर! ?

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]