२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

गढवामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते केहीकाे अवस्था गम्भीर, प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २७, २०८३

दाङ । गढवा गाउँपालिका अन्तर्गत बाँकी चोकमा शनिबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ प २९५३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु प्र ०२-००२ प ४३४० नम्बरको मोटरसाइकल गढवा-५ बाँकी चाेकमा एकापसमा ठोक्किएका हुन्।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी सबै घाइतेलाई उपचारका लागि लमही अस्पताल पठाएका छन्।

घाइते हुनेमा  गढवा–१ जेठानगाउँ निवासी २३ बर्षिय पदम कुमाल(मोटरसाइकल चालक), सोही ठाउँका १४ बर्षिय सुजन मगर(सवार), गढवा–४ खड्गपुर निवासी चण्डी भनिने मोहमद सहिद मनिहार,(मोटरसाइकल चालक),  सोही ठाउँका ३० बर्षिय मक्सत अलि(पछाडी सवार) र सोही ठाउँका २८ बर्षिय साहिल मनियार(पछाडी सवार) छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]