२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

थार गाडीमा डोरी बाँधेर एटीएम उखेल्दै लाखौं नगद लुट, घटना सीसीटीभीमा कैद !

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २८, २०८३

एजेन्सी । भारतको ओडिशा राज्यस्थित बालासोर जिल्लामा अज्ञात लुटेराहरूले फिल्मी शैलीमा एटीएम मेसिन नै उखेल्दै त्यसमा रहेको नगद लुटेका छन्।

प्रहरीका अनुसार गएराति लुटेराहरूले थार गाडीमा डोरी बाँधेर एटीएम मेसिनलाई कियोस्कबाट बाहिर तानेका थिए। त्यसपछि एटीएमलाई सडकमा केही मिटरसम्म घिसार्दै घटनास्थलबाट फरार भएका हुन्।

घटनाको सम्पूर्ण दृश्य नजिकै जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको छ। फुटेजमा लुटेराहरूले योजनाबद्ध रूपमा एटीएम उखेल्दै लगेको देखिन्छ। प्रहरीले सीसीटीभी फुटेजका आधारमा फरार आरोपीहरूको खोजी तीव्र पारेको जनाएको छ। साथै, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पछिल्लो ३३ वर्षमा २० वर्ष र सोभन्दा माथिका मानिसहरूमा मदिराका कारणले हुने क्यान्सर मृत्युको प्रतिशत ५८ प्रतिशतभन्दा बढीले बढेको एक अध्ययनले देखाएको छ। स्तन, प्रोस्टेट, कोलोन, मलाशय, पेट, प्यान्क्रियाज, कलेजो, टाउको र घाँटीका क्यान्सरमा मृत्युको जोखिम बढेको अनुसन्धानले देखाएको छ। मदिराले एस्ट्रोजेन लगायतका हार्मोनहरूको स्तर परिवर्तन गर्ने, एसिटाल्डिहाइड नामक कार्सिनोजेन उत्पादन गर्ने र […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसकोअवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखा नक्सालको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । भोटेकोशी बाढी आएको १३ औं दिन एवम् नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी […]

काठमाडौं । बाढीपीडितविरुद्ध सामाजिक सञ्जालमा घृणास्पद र असंवेदनशील टिप्पणी गर्नेहरूविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले १० जनाको टोली बनाएर अनुसन्धान थालेको छ। पीडितको उजुरी नपरे पनि ब्युरोले टिप्पणीकारहरूको प्रोफाइल, ठेगाना र फोन नम्बर पहिचान गरी कानुनी कारबाही अघि बढाउने जनाएको छ। विद्युतीय कारोबार ऐनअनुसार घृणा फैलाउने, अपमान गर्ने वा सामाजिक सद्भाव खलल पार्ने कार्यमा जरिवाना र […]