१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य काठमाडौंबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २९, २०८३

काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन ।

एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र अनुसार आचार्यलाई पक्राउ गरेर दाङ पठाएको हो ।

श्रीमती ललिता आचार्यले गणेशकाविरूद्धमा बहुविवाहको मुद्दा हालेकी थिइन । तर गणेश राजनीतिक प्रभाव देखाएर भाग्दै आएका थिए । ललिताले गणेश पक्राउ परेसँगै फेसबुक मार्फत प्रहरीलाई धन्यवाद दिएकी छिन भने गृह मन्त्रालयमै पुगेर गृहमन्त्री सुधन गुरूङलाई समेत धन्यवाद दिएकी छिन । आचार्यको श्रीमती ललिताले फेसबुकमा गरेको पोस्ट । श्रोत दैनिकीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]