२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

प्रेस चाैतारीका केन्द्रीय सदस्य गणेश आचार्य काठमाडौंबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, आषाढ २९, २०८३

काठमाडौँ । प्रेस चौतारीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज गणेश आचरा्य पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बहुविवाहको मुद्दामा आचार्य पक्राउ परेका हुन ।

एमाले महासचिव शंकर पोखरेलको प्रेस सल्लाहकारका रूपमा समेत चिनिएका आचार्य शुक्रबार पक्राउ परेका हुन । काठमाडौँ उपत्यका अपराध अननुसन्धान कार्यालय टेकुको टोलीले जिल्ला प्रहरी कार्यालय दाङको पत्र अनुसार आचार्यलाई पक्राउ गरेर दाङ पठाएको हो ।

श्रीमती ललिता आचार्यले गणेशकाविरूद्धमा बहुविवाहको मुद्दा हालेकी थिइन । तर गणेश राजनीतिक प्रभाव देखाएर भाग्दै आएका थिए । ललिताले गणेश पक्राउ परेसँगै फेसबुक मार्फत प्रहरीलाई धन्यवाद दिएकी छिन भने गृह मन्त्रालयमै पुगेर गृहमन्त्री सुधन गुरूङलाई समेत धन्यवाद दिएकी छिन । आचार्यको श्रीमती ललिताले फेसबुकमा गरेको पोस्ट । श्रोत दैनिकीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]