चितवन । वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् ।
सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ ।
घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् ।