१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

वर्षाका कारण चितवन भरतपुरका विभिन्न ठाउँ डुबानमा विभिन्न टोलहरु जलमग्न,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, आषाढ ३०, २०८३

चितवन । वर्षाका कारण चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ का विभिन्न ठाउँ डुबानमा परेका छन् । गोर्खाली टोल, मृगकुञ्ज लगायतका टोल जलमग्न छन् ।

सामाजिक सन्जालमा सार्वजनिक केही भिडियोहरुमा पानी घुँडासम्म आएको देखिन्छ । उनीहरु कपडा माथि सार्दै आउ–जाउ गरिरहेको देखिन्छ ।

घरभित्रै पानी पसेपछि स्थानीय समस्यामा परेका छन् । पानीको उचित निकास नहुँदा हरेक वर्षायाममा भरतपुरका बस्ती डुबानमा पर्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  कावासोती । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोतीमा सञ्चालन हुने जङ्गल सफारीमा पछिल्लो केही दिनयता पाटे बाघ देखिन थालेको छ। पानी घटेसँगै र जङ्गलमा बनाइएका वनपथ र घाँसेमैदानमा वन्यजन्तुको चहलपहल बढेपछि सफारी जाने पर्यटकले बाघ देख्न पाएका हुन्। स्थानीय गाइडहरूका अनुसार अमलटारी र कावासोती क्षेत्रका बफरजोनमा बिहान र साँझको सफारीमा बाघको […]

  पर्सा । वीरगञ्ज महानगरपालिका–१६ स्थित रजत जयन्ती चेकपोस्टमा ड्युटीमा खटिएका प्रहरी हवल्दार ओमप्रकाश यादव टाङ्गाको ठक्करबाट घाइते भएका छन्। प्रहरी चौकी इनर्वामा कार्यरत हवल्दार यादव ड्युटीमा रहेको समयमा टाङ्गाले ठक्कर दिँदा उहाँको खुट्टाको हड्डी भाँचिएको प्रहरीले जनाएको छ। घटनापछि उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। प्रहरीका अनुसार हड्डी भाँचिए पनि उहाँको स्वास्थ्य अवस्था […]

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]