०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

लुम्बिनी फुटबल एकेडेमी दाङको तेस्रो वार्षिकोत्सव सम्पन्न खेल शिक्षालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०१, २०८३

दाङ । घोराही लुम्बिनी फुटबल एकेडेमी दाङको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक समिर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विपुल पोख्रेलले खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा मात्र सीमित नराखी शिक्षा र राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र स्वस्थ जीवनशैली निर्माणका लागि खेलकुदको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै राज्यले विद्यालय तहदेखि नै खेल शिक्षालाई संस्थागत गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले भन्नुभयो, “नेपालमा खेल प्रतिभाको कमी छैन, अवसरको कमी छ। स्थानीय तह, विद्यालय र सरोकारवाला निकायले खेलाडी उत्पादनका लागि दीर्घकालीन योजना बनाएर पूर्वाधार, प्रशिक्षक र आवश्यक लगानी सुनिश्चित गर्न सके अन्तर्राष्ट्रिय स्तरमा नेपाली खेलाडीले अझ उत्कृष्ट सफलता हासिल गर्न सक्छन्।”
विशिष्ट अतिथि सबिन प्रियासनले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक विकाससँगै समाजलाई सकारात्मक दिशामा अघि बढाउने माध्यम भएको बताउनुभयो। उहाँले युवालाई कुलत, हिंसा र विकृतिबाट जोगाउन खेलकुद सबैभन्दा प्रभावकारी अभियान भएको उल्लेख गर्दै खेलमैत्री वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “आजको आवश्यकता खेल शिक्षालाई पाठ्यक्रम, पूर्वाधार र नीतिसँग जोड्नु हो। विद्यालय, अभिभावक, स्थानीय सरकार र निजी क्षेत्रले समन्वय गरेर खेल प्रतिभाको संरक्षण र प्रवर्द्धन गर्न सके भविष्यमा दाङ खेलकुदको उत्कृष्ट केन्द्रका रूपमा स्थापित हुन सक्छ।”
कार्यक्रममा एकेडेमीका सल्लाहकार सुन्दर गौतम, भिक्टोरिया इन्टरनेसनल कलेजका बीबीए कोर्डिनेटर ढकराज सुवेदी, मोडेल सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल हरिप्रसाद पौडेल, मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलका विष्णुप्रसाद अधिकारी तथा प्रशिक्षार्थी रामकरण सदरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
वक्ताहरूले खेल क्षेत्रलाई अतिरिक्त क्रियाकलापका रूपमा नभई शिक्षाको अभिन्न अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले खेलकुदले स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माण गर्ने भएकाले राज्यले खेल शिक्षा, पूर्वाधार विकास, प्रशिक्षक उत्पादन र प्रतिभा संरक्षणमा विशेष नीति तथा लगानी गर्नुपर्ने धारणा राखे।
सो अवसरमा विभिन्न खेल विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा अवार्ड प्रदान गरिएको थियो। साथै विद्यार्थीहरूले गीत, नृत्यलगायत विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।
कार्यक्रमको सहजीकरण रिचा बुढाथोकीले गर्नुभएको थियो। आयोजकका अनुसार लुम्बिनी फुटबल एकेडेमीले विगत तीन वर्षदेखि बालबालिका तथा युवामा खेलकुदप्रति रुचि बढाउने, अनुशासित खेलाडी उत्पादन गर्ने तथा दाङलाई खेलकुदको उदीयमान केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नियमित प्रशिक्षण सञ्चालन गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पार्टी चलाउने खर्च नदिँदा केन्द्रले गठबन्धन तोडिदिएको प्रदेश मन्त्रीको आरोप कोसी र लुम्बिनीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका मन्त्रीले राजीनामा दिन मानेका छैनन् भने बागमती र गण्डकीमा कांग्रेसका मुख्यमन्त्रीले एमाले मन्त्रीलाई पनि बर्खास्त गरेका छैनन्। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार आफूप्रति उत्तरदायी बनाउने रणनीति अनुसार एमालेसँगको सत्ता सहकार्य तोडेको कोसी प्रदेशका […]

काठमाडौं । शिक्षक र शिक्षण पेसाप्रति अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेपाल शिक्षक महासंघ र नेपाल राहत शिक्षक राष्ट्रिय समितिले उक्त गीतप्रति आपत्ति जनाएका छन् । गीतमा अमर्यादित र संस्कृति भड्काउने शब्द प्रयोग गरिएको भन्दै पेसागत संघ-संगठनले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाएका थिए । ३२ असार, काठमाडौं । दुर्गेश थापा र प्रियंका कार्कीको ‘मास्टर्नी’ […]

दाङ । घोराही लुम्बिनी फुटबल एकेडेमी दाङको तेस्रो वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। एकेडेमीका सञ्चालक समिर ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि विपुल पोख्रेलले खेलकुदलाई अतिरिक्त क्रियाकलापका […]

error: Content is protected !!