३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

सशस्त्र प्रहरीमा बन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि तालिम सुरु

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

सागर थापा (क्राईमरिपोर्टर)
काठमाडौं फागुन १ सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा वन र वन्यजन्तु अपराध नियन्त्रण सम्बन्धि प्रशिक्षक प्रशिक्षण (टिओटि) तालिम संचालन भएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बुधबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गरे ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको चर्चा गरे । उनले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरु राज्यले सुम्पियको जिम्मेवारी निर्वाहमा उच्च मनोवलकासाथ कृयाशिल रहेको कुरा समेत उल्लेख गरे ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागि सहयोगि सिद्ध रहने यस्ता तालिमहरु नियमित रुपमा संचालन गरिदा अपेक्षाकृत उपलब्धि हासिल हुन मद्दत पुग्ने चर्चा गर्दै सशस्त्र प्रहरी बल नेपालले वन्यजन्तुको चोरीसिकासी एवं वन्यजन्तु अपराध नियन्त्रणमा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै कार्यसम्पादन गरिरहेको बताए ।
उनले प्रशिक्षार्थीहरुले तालिमबाट प्राप्त ज्ञान र सिप आफू मातहतकालाई समेत सिकाउँदै कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गरे ।
सोही अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक एवं केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइका संयोजक गोपालप्रकाश भट्टराईले तालिमको महत्वमाथि प्रकाश पार्दै जैविक विविधतामा धनी रहेको हाम्रो देश नेपालमा वन्यजन्तु संरक्षणमा रहेको चुनौती सामना गर्नको लागि सम्वद्ध विभिन्न निकायहरुसँग समन्वय गर्दै आफुहरु अगाडी बढिरहेको बताए ।
उनले जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्दै यसको संरक्षणका लागि सामुहिक प्रयास अपरिहार्य रहने बताए ।
सशस्त्र प्रहरी बल नेपाल र केन्द्रिय वन्यजन्तु अपराध नियन्त्रण ईकाइको आयोजनामा तीन दिनसम्म संचालन हुने उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ५ जना र सशस्त्र प्रहरी निरीक्षकहरु ३० जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!