२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सुन पसलबाट गरगहना तथा नगद चाेरी गर्ने चार भारतीय ३ नागरिक पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०१, २०७६

काठमाडौं फागुन १ ललितपुर सुनचाँदी पसलबाट गरगहना तथा नगद चाेरी गर्ने चार भारतीय नागरिक पक्राउ परेका छन् ।
गएकाे माघ २० गते राति ललितपुरकाे गाबहालमा रहेकाे शाक्य ज्यास नाम गरेकाे सुन चाँदी पसलमा ढोकाको ताल्चा फोडेर पसलबाट सुन चाँदीका गरगहना र नगद राख्ने सेफसमेत चोरी भएकाे थियाे ।
घटना सम्बन्धमा सीसीटीभी फुटेज तथा मोबाइल लोकेशन समेतको आधारमा अनुसन्धान गरी घटनामा संलग्न चार जनालाई महानगरीय प्रहरी अपराध शाखा ललितपुर र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले बिहीबार पक्राउ गरेकाे हाे ।
पक्राउ परेकाहरुमा भारत घर भइ हाल काठमाण्डौकाे कालिमाटीमा बस्ने २१ वर्षीय चन्दन कुमार पोदार ९जैसवाल० तथा १९ वर्षीय रबिनकुमार साह ९पोदार० र सतुङगल बस्ने ४० वर्षीया कृष्णादेवी पोदार सुरज कुमार पोदार रहेकाे महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएकाे छ।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!