२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतीय अभिनेता गजनीको प्रदीप रावतको निधन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १९, २०८३

एजेन्सी । भारतीय चर्चित अभिनेता प्रदीपसिंह रावतको निधन भएको छ। ब्लड क्यान्सर भएका ७४ वर्षीय रावतको मंगलबार साँझ उपचारको क्रममा निधन भएको हाे ।

मुम्बईस्थित कोकिला बेन अस्पतालमा उनकाे निधन भएकाे भारतमा रहेकी अभिनेत्री विपना थापाले जानकारी दिइन्।

तेलुगु, हिन्दी र तमिल फिल्मका अभिनेता समेत रहेका रावतले चन्द्र पन्तको निर्देशनमा बनेको चलचित्र ‘आ बाट आमा’ र  ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका थिए।

रावतले ‘महाभारत’ सिरियलमा अस्वस्थामाको भूमिका निर्वाह गरेका छन् । उनले सरफरोस, लगान, गजिनीमा खलपात्रको भूमिकामा समेत अभिनय गरेका छन्।

रावतले विपना थापासँग नेपाली फिल्म ‘आबाट आमा’ र ‘आबाट आमा–२’ मा काम गरेका थिए।

रावतको निधनको खबरपछि अभिनेत्री थापाले सामाजिक सञ्जालमार्फत गहिरो दुःख व्यक्त गरेकी छिन्। भारतीय कलाकारहरूले पनि सामाजिक सञ्जालमा रावतको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिइरहेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]