२४ भाद्र २०८३, बुधबार
09-09-2026 , Wed
×

झापामा भ्यानसहित ६० लाख बढीको अबैध सामान बरामद

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

भद्रपुर पूर्वीनाका काँकडभिट्टाबाट अवैधरुपमा नेपाल भित्र्याइएका रु ६० लाख बढीका सामानसहित मे१ज १८०७ नंको बोलेरो पिकअप भ्यान पक्राउ परी प्रहरीले क्षेत्रीय राजश्व कार्यालय इटहरी पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान पत्रकार सम्मेलन गरी नेटका साडी, कुर्तासलवार, बनरासे साडी, रङ्गोली ब्वाउजसहितका साडीलगायतका रु ६० लाख ३१ हजार १०० का सामान राजश्व कार्यालय पठाएको जानकारी दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले सो सामग्री बिहीबार पूर्वपश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१२ बाट विशेष सुराकीका आधारमा महेन्द्रा कम्पनीको गाडीसहित पक्राउ गरिएको बताए ।
उनले भन्सार छली लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सो सामग्री बरामद राजश्व कार्यालय पठाएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुस्ताङ । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ३५ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पको धक्का तिब्बत, नेपालको मुस्ताङसँगै, बागलुङसँगै धौलागिरि रेन्ज तथा काठमाडौंसम्म महसुस भएको थियो।

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। प्रहरी निरीक्षक कालिका कार्कीले पिपरा प्रहरी कार्यालयको नेतृत्व सम्हाल्ने भएकी हुन्। गुल्मीमा जन्मिएकी कार्की नेपाल प्रहरीभित्र कर्तव्यनिष्ठ र अनुशासित प्रहरी अधिकृतका रूपमा परिचित छिन्। प्रहरी सेवामा रहँदा विभिन्न जिम्मेवारी सम्हाल्दै आएकी कार्की अब पिपरा क्षेत्रको शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा केन्द्रित […]

दाङ । दाङमा ग्यास अभावका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेका बेला घोराही बनाउँ अभियान र नेवा सप्लायर्सले समस्यामा परेका विद्यार्थी तथा सुत्केरी महिलालाई लक्षित गर्दै मनकामना ग्यास वितरण गरेको छ। अभियान र सप्लायर्सको सहकार्यमा कुल ८० जना विद्यार्थी तथा सुत्केरी महिलालाई ग्यास वितरण गरिएको हो। दाङमा कुपन सिस्टममार्फत ग्यास वितरणलाई सहज, व्यवस्थित र पारदर्शी […]