२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

महाराजगंजमा अधिकृत तथा जवान मेशको समुद्घाटन DIG:पोख्रेलबाट

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०७६

(सागर थापा)
काठमाडौं फागुन २ महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रहरी मेश सुदृढीकरण योजना अन्तर्गत फाल्गुन २ गते बिहान ९ बजे महानगरीय प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख डिआइजी बिश्वराज पोखरेल पूर्ब प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुबेदी महानगरीय प्रहरी परिसर टेकुका कार्यालय प्रमुख प्र.ब.उ. उत्तमराज सुबेदी, काठमाण्डौ महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक के.सी. र सामुदायिक सेवा केन्द्र महाराजगंज , बूढानीलकण्ठ टुडालदेबी र गोंगबुका अध्यक्षहरु र प्रहरी परिसर टेकु मातहत बृत्त तथा प्रभागहरुका प्रमुखहरु गरि अन्दाजी ८० जनाको उपस्थितीमा महानगरीय प्रहरी बृत्त महाराजगंजमा रहेको प्रहरी अधिकृत तथा जवान मेशको संयुक्त समुद्घाटन गर्नु भएको छ ।
साथै उक्त मेस उद्घाटन कार्यक्रममा बोल्ने क्रममा सामुदायिक सेवा केन्द्र टुडालदेबीका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी बृत्त महाराजगंजको यस कार्यक्रमले सबैको मन छोएको र सम्पूर्ण प्रहरी कर्मचारीहरुमा काम गर्ने हौसला बढाउनका साथै कामकार्बाहीको स्तरमा बृद्धि हुने बिश्वास लिएको धारणा राख्नु भएको थियो भने पूर्ब प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुबेदीज्यूले कुनै पनि समुदायको सभ्यता भनेको त्यस ठाउंको भान्छा , शौचालय र सडकले देखाउने भएको कारण यस बृत्त महाराजगंजको मेश सुधारले प्रहरीको सभ्यता झल्काउनुका साथै भवनालाई समेट्दै अभिबृद्धी हुने विस्वास व्यक्त गर्नु भएको थियो । सोही क्रममा पूर्ब अतिरिक्त महानिरीक्षले यसरी संयुक्त मेशको सञ्चालन भई रहदा Chain Of Command मा चल्ने प्रहरी कामकार्बाहीमा Break हुन नहुने र प्रहरी संगठनको सुधारका लागि नयां संस्कारको बिकास हुनुपर्ने बिचार ब्यक्त गर्नु भएको थियो । आफ्ना बिचार राख्ने क्रममा उहांले प्रहरी कर्मचारीले गर्ने व्यबहारले राज्यको व्यबहार झल्कने हुंदा आम नागरीक संग गर्ने व्यबहार सभ्य र मर्यादित बनाई समाजमा मुस्किलले ३ प्रतिशत नागरीक अपराधि मनस्थितीको हुने हुंदा अन्य ९७ प्रतिशत नागरीकहरुलाई सोही नजरले नहेर्न अनुरोध गर्नु भएको थियो । यसै गरि काठमाण्डौ महानगरपालिका वडा नं. ३ का अध्यक्ष दिपक के.सीले प्रहरी संगठन जनता खुसि हुदा होस या दुखि हुदा होस नभई नहुने हुंदा सम्पूर्ण प्रहरी कर्मचारीहरुमा स्फुर्ति आउनु पर्ने र सोको लागि यस मेस सुधार कार्यक्रमले थप उर्जा दिने बिस्वास ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमका प्रमुख अतिथी प्र.ना.म.नि.ले निर्देशनका क्रममा प्रहरीको यस मेश सुधार योजना काठमाण्डौबाट मुलुकभर नै लैजाने र निष्कर्षमा पुर्याउने बिचार ब्यक्त गर्दै हामी आफ्नो घरको भान्छा जस्तो होस भन्ने चाहन्छौं प्रहरी मेश पनि सोही अनुसार बनाउनुका साथै प्रहरीका हर क्रियाकलापलाई मेरो भन्ने धरणाको बिकास गर्न सके उर्जा पैदा हुने र प्रहरीको महत्वपूर्ण भुमिका खेल्ने बिचार राख्नु भएको थियो ।
साथै उक्त कार्यक्रममा मेश सुधार कार्यमा महत्वपूर्ण भुमिका खेल्ने प्र.ना.उ. उमेश लम्साल , प्र.ना.नि. चन्द्र कान्त अधिकारी , प्र.का.स. किशोर कार्की सहित प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथीज्यूले नगद पुरस्कार समेत प्रदान गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।