एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ।
जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ।
वर्षाका कारण रेल तथा सबवे सेवा समेत प्रभावित भएका छन्। केही रुटमा सेवा अस्थायी रूपमा रोकिँदा यात्रुहरूलाई सास्ती भएको छ।
*प्रभावित क्षेत्र:* नागोया, आइची तथा गिफुका केही भाग
*सावधानी:* बाढी आएको सडक, नदी तथा पहिरोको जोखिम भएका ठाउँमा नजान र स्थानीय प्रशासनको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरिएको छ।