१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
×

अर्घाखाँचीको सितगंगा वडा न. ९ मा खानेपानी आयोजनाको मुख्यमन्त्रीद्वारा स्थलगत अनुगमन

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आश्विन १२, २०८३

दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षको नेतृत्वमा जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले नवनिर्मित पुलको उद्घाटन समारोहकै अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोही स्थानको स्थलगत अनुगमन गर्नुभएको छ।

अपुरो रहेको खानेपानीको काम शीघ्र सञ्चालन गर्न मुख्यमन्त्री आचार्यले सोही स्थानबाटै सम्बन्धित निकायलाई फोन गरी तत्काल पहल र समन्वय गर्न निर्देशन दिनुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अर्घाखाँची सितगंगामा आज साँझ करिब ५ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वडा नं. ९ कालधारे निवासी दिलमान रोकाको घरमा आगलागी भएको छ। आगलागीमा मानवीय क्षति नभए पनि खाने अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ। पीडित परिवारलाई छिमेकी टोलबासीले सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ।

बाँके । ‘हनी ट्रयाप’ मा पारेर एक पुरुषबाट नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौं बस्दै आएकी युवती समातिएकी हुन् । श्रेष्ठ थरकी ३० बर्षिया युवती काठमाडौं–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाटै खटिएको […]

दाङ । असोज । घोराही उपमहानगरपालिकाका वडा नम्बर १ देखि १९ सम्मलाई समेटेर “घोराही बनाऔँ अभियान”ले विशेष अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत असोजको अन्तिम साताबाट वडा नम्बर १ मा कार्यक्रमको उद्घाटन गरी क्रमशः सबै वडामा पुगेर स्थानीय समस्या, सम्भावना, आवश्यकता र महत्वका विषयमा विशेष छलफल गरिने भएको हो। अभियानले प्रत्येक वडाको वस्तुस्थिति पहिचान गरी […]