१७ आश्विन २०८३, शनिबार
03-10-2026 , Sat
×

नारायणी किनारमा फर्किदै छन् व्यापारी,यस्तो रूप देख्दा रून मन लाग्छ’ ब्यापारीहरु

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आश्विन १७, २०८३

 

चितवन । कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको शनिबार बिहानको दृश्य हो । एक हप्ताअघि (असोज ९ देखि १२ गतेसम्म) निकै उर्लिएको नारायणी नदी अहिले शान्त छ । नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि सुरू हुन थालेको छ ।

बाढी आउनुअघि बाक्लो चहलपहल र फोटो खिच्नेको भीड हुने किनारमा आज ढुंगा र हिलो छ । करिब १ सय ५० देखि २ सय साना ठेला व्यवसायीहरूको रोजीरोटी जोडिएको यो क्षेत्रमा अहिले साना ठेलाहरू किनारका छेउछाउमा बसेर व्यापार गर्ने प्रयासमा छन् भने ठूला ठेला बाटो र पार्किङमै थन्किएका छन् ।

उनीहरूले भरतपुर महानगरपालिकालाई कर तिरेर व्यापार गर्दै आएका छन् । बाढीपछि महानगरपालिकासँग छलफल गरेर उनीहरू पुनः व्यापारमा फर्किएका हुन् । महानगरपालिकाले किनारमा व्यापार सहज हुने गरेर आवतजावत गर्ने बाटो बनाइदिने प्रतिबद्धता जनाएको छ ।

पछिल्लो १० वर्ष नारायणी किनारमा बिताएकी तारादेवी परियार बाढीपछि ठेला लिएर फेरि फर्किएकी छन् । ‘यो देख्दा रुन मन लाग्छ,’ उनी भन्छिन्, ‘कति रमझम थियो । परारको बाढीले अलिअलि भत्काएर लग्यो । यसपालि त झन् सोत्तरै पारिदियो । खोला र पानीसित मान्छेको के लाग्छ ?’

उनको ३ जनाको परिवार यही व्यापारमा आश्रित छ । तर अहिले दैनिक लगानी उठाउनै धौ–धौ परेको छ । ‘दैनिक चटपटे र मःमका लागि प्याज, मैदा, २ किलो मासु, मसला र पानी किन्दा ३ हजार रूपैयाँ त लगानी नै गर्नुपर्छ । हिजो २००० को मात्रै व्यापार भयो,’ उनले सुनाइन् ।

नारायणी किनारमा पाका मात्र होइन, आफ्नै देशमा भविष्य खोजिरहेका युवाहरू पनि उत्तिकै भेटिन्छन् । बिहान स्नातक पढ्ने र दिउँसो ठेला चलाउने गैँडाकोटकी ज्योति पौडेलका दुई दिदीबहिनी ५ वर्षदेखि यहीँ फास्टफुड बेचिरहेका छन् । ‘हामी त युवा हो, भर्खरै पढ्दै छौँ । विदेश जानुभन्दा आफ्नै ठाउँमा केही गरौँ भनेर दिउँसो ठेला चलाएको,’ उनले सुनाइन्, ‘तर बाढी आएपछि मान्छे आउने बाटो नै बाँकी रहेन । हिँड्ने ठाउँ सबै ढुंगैढुंगा छ । घुम्ने ठाउँ नै ध्वस्त भएपछि व्यापार पुरै डाउन भयो ।’

व्यापार खस्किएपनि साना व्यवसायीहरूका लागि सरकारी तथा स्थानीय शुल्कको बोझ घटेको छैन । पोखराबाट भरतपुर आएर भाडामा बस्दै ५ वर्षदेखि ठेला चलाउँदै आएकी पवित्र अधिकारीको गुनासो पनि उस्तै छ । ‘अहिले त कोही मान्छे नै आउँदैनन्, फोटो खिच्ने ठाउँ नै छैन,’ उनले सुनाइन्, ‘व्यापार भए नि नभए नि महिनाको २५ सय रूपैयाँ महानगरलाई र दुई सय फोहोरको बुझाउनै पर्छ ।’ कमाउने र खाने माध्यम नै ठेलाको व्यापार रहेकाले व्यापार कम भए कसरी चल्ने भन्ने उनको चिन्ता छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । कोही डोरीले ठेला तान्दै थिए, कोही घिसार्दै अनि कोही आफैँ धकेल्दै । कोही प्याज ताछ्न व्यस्त थिए । यो चितवनस्थित नारायणी किनारको शनिबार बिहानको दृश्य हो । एक हप्ताअघि (असोज ९ देखि १२ गतेसम्म) निकै उर्लिएको नारायणी नदी अहिले शान्त छ । नारायणी पुरानै लयमा फर्किएसँगै किनारमा व्यापारिक चहलपहल फेरि सुरू हुन […]

  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। IIT Madras का प्रोफेसर, RBG Labs का संस्थापक तथा Centre of Excellence for Road Safety (CoERS) का प्रमुख प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. ले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका ट्राफिक प्रहरी कर्मचारीहरूलाई ‘Safer Roads for […]

  नवलपरासी । मृत्यु हुनेमध्ये जाजरकोटका भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ । बाँकी पाँचजनाको पहिचान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको पहिचान खुलेको छ । नवलपरासी पूर्वमा बस दुर्घटना भएको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गको एस मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको […]