२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सिमा अतिक्रमण र एमसिसि विरुद्धमा ५ दलको बिरोध सभा

Logo
प्रकाशित शनिबार, फाल्गुण ०३, २०७६

सागर थापा फागुन ३ ने क पा मसाल ने क पा क्रान्तिकारी माओवादी ने क पा माले र देजमो को आयोजनामा घोराहीमा बिरोध सभा सम्पन्न भएको छ । सभामा ने क पा मसाल का जिल्ला प्रबक्ता भरत भण्डारी राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य ने क पा क्रान्तिकारी माओवादी केन्द्रिय सदस्य समीर के सि ने क पा माले स्थायी कमिटी सदस्य गोबिन्द के के देजमोका जिल्ला अध्यक्ष नरेन्द्र बन्जाडे लगायत ले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको संचालन राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय सदस्य राम बहादुर घर्तिले गर्नु भएको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।