२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

सशस्त्र प्रहरी IGP पौडेलद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विजया दशमीको अवसरमा शुभकामना व्यक्त

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आश्विन २७, २०८३

सशस्त्र प्रहरी IGP पौडेलद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विजया दशमीको अवसरमा शुभकामना व्यक्त

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक श्री नारायण दत्त पौडेल* ज्यूले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विजया दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा बडादसैँको शुभकामना व्यक्त गर्नुभएको हो।

उक्त कार्यक्रममा उहाँले चाडपर्वको समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निम्न विषयमा उच्च सतर्कताका साथ परिचालन हुन निर्देशन दिनुभएको छ:

– आन्तरिक सुरक्षा तथा सीमा सुरक्षा सुदृढीकरण
– राजस्व चुहावट नियन्त्रण
– लागूऔषध तथा अन्य अवैध गतिविधिको रोकथाम
– महत्त्वपूर्ण प्रतिष्ठान एवं संवेदनशील क्षेत्रको सुरक्षा
– विपद् जोखिम न्यूनीकरण, खोज, उद्धार तथा राहत कार्य

सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश अन्तर्गतका सम्पूर्ण जिम्मेवारीहरू उच्च सतर्कता, व्यावसायिकता, अनुशासन र समर्पणका साथ निर्वाह गर्न उहाँले निर्देशन दिनुभयो।

हालैका समाचार अनुसार महानिरीक्षक पौडेलले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ उच्च सतर्कताका साथ कार्यान्वयन गर्न र नागरिकको सेवा र सुरक्षामा ध्यान दिन समेत निर्देशन दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । घोराही लमही सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–३ कुइरेपानीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी प्युठानको नौबहिनी गाउँपालिका–१ निवासी ६ वर्षीय राजन अधिकारीको मृत्यु भएको हो। आइतबार साँझ रा.१ ख २५११ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बालक अधिकारीको उपचारका क्रममा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सशस्त्र प्रहरी IGP पौडेलद्वारा सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई विजया दशमीको अवसरमा शुभकामना व्यक्त काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक श्री नारायण दत्त पौडेल* ज्यूले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई विजया दशमी, शुभ-दिपावली, छठ पर्व तथा नेपाल संवत् ११४७ को अवसरमा बडादसैँको शुभकामना व्यक्त गर्नुभएको हो। उक्त कार्यक्रममा उहाँले चाडपर्वको समयमा आइपर्न सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निम्न विषयमा […]

*लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी दाङका प्रमुख तथा विद्यालय संरक्षकबाट विद्यालय निरीक्षण दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका कार्यालय प्रमुख तथा यस विद्यालयका संरक्षक श्रीमान् प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूले आज यस विद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ। निरीक्षण भ्रमणका क्रममा आदरणीय संरक्षकज्यूले विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाबारे विस्तृत जानकारी लिनुभयो। साथै वहाँले शिक्षक […]