२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

कैलालीमा खैरो होरोइनसहित दुईजना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

कैलाली फागुन ४ भारतबाट मोटरसाइकलमा टीकापुर आउँदै गरेका उनीहरूले प्लाष्टिकको झोलामा लागू औषध बोकेर ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
कैलाली। ईलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध खैरो हेरोइनसहित दुईजनालाई प्रकाउ गरेको छ।
३ फागुन साँझ टीकापुर नगारपालिका- ९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र. ०१-००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका- १ भुरुवाका २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो।
उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९०० मिलि ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेकालाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरि थप अनुसन्धानको प्रक्रिया थालिएको बस्नेतले बताए।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

दाङ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशन गर्नु भएका सविन प्रियासनले आफ्नो पहिलो कविता संग्रह, ‘केपी शर्म ओली, समृद्धिका महानायक’ प्रकाशन गर्न लागि रहनु भएको छ । मंसिरको अन्तिमसाता बजारमा ल्याउन लागिएको कविता संग्रहमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक जीवन, उहाँ राजकीय भूमिकामा गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म गरेका कामहरुलाई कवितामा […]

error: Content is protected !!