२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कैलालीमा खैरो होरोइनसहित दुईजना प्रहरी नियन्त्रणमा

Logo
प्रकाशित आइतबार, फाल्गुण ०४, २०७६

कैलाली फागुन ४ भारतबाट मोटरसाइकलमा टीकापुर आउँदै गरेका उनीहरूले प्लाष्टिकको झोलामा लागू औषध बोकेर ल्याउँदै गरेको प्रहरीले जनाएको छ।
कैलाली। ईलाका प्रहरी कार्यालय टीकापुरले लागू औषध खैरो हेरोइनसहित दुईजनालाई प्रकाउ गरेको छ।
३ फागुन साँझ टीकापुर नगारपालिका- ९ स्थित खक्रौला सडक खण्डमा भारतबाट नेपालतर्फ आईरहेको सु.प.प्र. ०१-००७ प ९२९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लम्किचुहा नगरपालिका- १ भुरुवाका २४ वर्षीय चन्द्रबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरिएको हो।
उनीहरूले सेतो प्लाष्टिकको पोकाभित्र राखेको ३० ग्राम ९०० मिलि ग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
पक्राउ परेकालाई लागू औषध ओसारपसारमा मुद्दा दर्ता गरि थप अनुसन्धानको प्रक्रिया थालिएको बस्नेतले बताए।.

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]