२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पूर्व सभामुख महरा निर्दोश रहेको अदालतको फैसला षडयन्त्र गरेरै फसाइएको पुष्टि

Logo
प्रकाशित सोमबार, फाल्गुण ०५, २०७६

काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्ण बहादुर महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको छ। न्यायाधीश अम्बरप्रसाद पौडेलको एकल इजलासले सोमबार महराविरुद्धको मुद्दामा फैसला गर्दै सफाइ दिएको हो।
अभियोगमा गरिएको मागदाबीमा प्रमाण नपुगेको भन्दै जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कार प्रयासको आरोपमा सफाइ दिएको हो।
आइतबार महराका पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायत ८ वकिलले बहस गरेका थिए। सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलले जवाफ दिएका थिए।
महराविरुद्ध करणी प्रयासमा ५ वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको छ।
यस्तो थियो घटना
गत असोज १२ गतेर संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले महराले आफूलाई जबर्जस्ती करणी प्रयास गरेको बताएकी थिइन्।
त्यही काण्डले महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।उजुरी दर्ता भएपछि उनी असोज १९ गते पक्राउ परे। तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि जिल्लाकै आदेश सदर भयो।
अदालतमा बयान दिँदा भने आरोप लगाउने शाहीले महराले आफूलाई करणी प्रयास नगरेको बताएकी थिइन्। उनले सोही विवरणको निवेदन समेत अदालतमा दिएकी थिइन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । विश्वभर ‘महिलाको तुलनामा पुरूषले बढी रक्सी खान्छ र महिला भन्दा धेरै पुरूषले रक्सी खान्छ’ भन्ने सोचाइ अब गलत साबित हुन थालेको छ । सन् १९९१देखि २०००बीच जन्मेकी महिला उत्तिकै रक्सी खान्छिन जति उनका पुरूष साथीले खान्छन् । रक्सी खाने दौडमा पनि महिलाले पुरूषलाई पछि पारिरहेको पाइएको छ । रक्सीको खराब असर महिलामा देखिन […]

हेटौँडा । सडक डिभिजनले ५ मङ्सिरमा १५ दिने अल्टिमेटम जारी गरी २५ गजभित्रका संरचना हटाउन आदेश दिएसंगै सोको म्याद सकिए पछि बिहानैबाट घर संरचना भत्काउन थालिएको हो । सुरक्षाकर्मीहरू बाक्लो रूपमा परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौँडाले शनिवार बिहानबाट रेखाङ्कनभित्र परेका संरचना भत्काउन थालेको हो । २०३४ सालदेखि नै हेटौँडामा सडक विस्तारको प्रयास […]

हेटौंडा । मकवानपुर बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरेर स्थानीय प्रशासनको सहयोगमा सडक डिभिजन हेटौंडाले शनिबार बिहानबाट रेखाङ्कभित्र परेका संरचना भत्काउन थालेको हो । हेटौंडाको बुद्धचोकस्थित खाली घर भत्काउने कार्य जारी छ । सडक डिभिजनले बजार क्षेत्रका अरू ठाउँमा पनि डोजर चलाउन सुरू गरिसकेका छ । ३/४ ठाउँबाट एकैपटक विस्तार कार्य सुरू गरिएको डिभिजनले जनाएको छ […]

error: Content is protected !!