१२ कार्तिक २०८३, बुधबार
28-10-2026 , Wed
×

दाङ प्रहरीले असोज महिनामा ७६ जना फरार प्रतिवादीहरु पक्राउ,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित बुधबार, कार्तिक १२, २०८३

 

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो।

उहाँका अनुसार पक्राउ परेकामध्ये फैसला भएको १० वर्षपछि ९ जना, ५ वर्षपछि ७ जना र ५ वर्षभित्र ६० जना रहेका छन्। अदालतले उनीहरूलाई ९ वर्ष २ महिना २५ दिन कैद र ३ लाख ८८ हजार ५६७ रुपैयाँ जरिवाना सुनाएको थियो।

*अपराधको अवस्था:*
असोजमा अपराधसम्बन्धी ७३ वटा मुद्दा दर्ता भएका छन् भने ६६ जना पक्राउ परेका छन्। दर्तामध्ये जघन्य तथा गम्भीर अपराधका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १०, आर्थिक अपराधका ८ र अन्य ४५ वटा मुद्दा छन्।

लागुऔषधतर्फ १४ जना पक्राउ परेका छन् — ४३.१५० ग्राम ब्राउन सुगरसहित १२ जना, ३ किलो ८२५ ग्राम गाँजासहित १ जना र १५ एम्पुल सिरिन्जसहित १ जना।

अवैध नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा ४ टिपर र २३ ट्र्याक्टर गरी २७ सवारी नियन्त्रणमा लिइएको र ७ लाख १ हजार ५६९ रुपैयाँ राजस्व संकलन गरिएको केसीले बताउनुभयो।

*प्रविधिले चोरी नियन्त्रण:*
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार चाडपर्वमा प्रहरी सक्रियता र प्रविधिको प्रयोगले चोरीका घटना घटेका छन्।

“विगतका वर्षहरूमा चाडपर्वमा बजार क्षेत्रमा चोरी हुन्थ्यो। यसपटक गस्ती बढाएर बजार क्षेत्रमा ड्रोन क्यामेराबाट समेत निगरानी गरियो, त्यसैले चोरी हुन पाएन,” एसपी श्रेष्ठले भन्नुभयो। यो निगरानी तिहारसम्म जारी रहने र टोलवासीले पनि सिसी क्यामेरा जडान गर्नुपर्ने उहाँको आग्रह छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । भारतको मौसम विभाग IMD का अनुसार: यो अहिले *Very Severe Cyclonic Storm* मा परिणत भएको छ। – यसको केन्द्र विशाखापट्टनमबाट करिब १४०-२६० किमि दक्षिण-पूर्वमा छ। – यसले *भोलि बुधबार बिहान (अक्टोबर २८) आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनम बीच, यानम नजिक* तट पार गर्ने अनुमान छ। त्यसबेला हावाको गति *११५-१२५ किमि प्रतिघण्टा, झोक्का […]

  दाङ । घोराही जिल्ला प्रहरी कार्यालय र मातहतका इकाइहरूले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेकामध्ये फैसला भएको १० वर्षपछि ९ जना, ५ वर्षपछि ७ जना र ५ वर्षभित्र ६० जना रहेका छन्। अदालतले उनीहरूलाई ९ वर्ष २ महिना २५ […]

  बाँके । नेपालगन्ज पछिल्लो रिपोर्ट अनुसार: जिल्ला प्रहरी कार्यालय बाँकेले एक महिनाको अवधिमा नै ४ वटा चोरी भएका मोटरसाइकल र १० वटा स्मार्टफोन फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको* थियो। साथै ट्राफिक कारबाही, अवैध तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउ समेत गरिएको थियो । त्यस्तै काठमाडौं उपत्यकामा जस्तै बाँकेमा पनि प्रहरीले निवेदनको आधारमा खोजतलास […]