२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट बधाई ज्ञापन

Logo
प्रकाशित बिहिबार, फाल्गुण ०८, २०७६

सागर थापा
काठमाडौं फागुन ८ नेपाल प्रहरीको २७ औं आईजीपीमा नियुक्त हुनुभएका ठाकुर ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार प्रहरी प्रधान कार्यालयमा बधाइ दिनुभएको छ ।
नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएकोमा प्रहरी महानिरीक्षक ज्ञवालीलाई सशस्त्र प्रहरी महानिरीक्षक खनाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुले प्रहरी प्रधान कार्यालयमा भेटघाट गरी शुभकामना सहित हार्दिक बधाइ ज्ञापन गर्नुभएको हो ।
भेटघाटका अवसरमा उहाँहरुबीच शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने लगायतका विषयमा सुरक्षा निकायहरुबीच एक्यबद्ध भई अगाडि बढ्ने लगायतका विषयमा छलफल भएको थियो । नेपाल सरकारको नीति अनुरुप तोकिएको जिम्मेवारी बहन गर्ने क्रममा आपसी सहयोग, सदभाव र भाइचारा अभिवृद्धि गरी राष्ट्रिय हितका लागि समर्पित भई काम गर्ने प्रतिबद्धता उहाँहरुले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!