२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सञ्चार र शहरी विकासमा भट्टराई र बस्नेतको चर्चा

Logo
प्रकाशित शनिबार, फाल्गुण १०, २०७६

फाल्गुन १०, काठमान्डौ । गोकुल बास्कोटाले राजीनामा दिएसँगै खाली भएको सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्री बन्न सत्तारुढ नेकपामा दौडधुप सुरु भएको छ ।
बास्कोटाले राजीनामा दिएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हेर्ने जिम्मेवारी अर्थमन्त्री युवराज खतिवडाले पाएका छन् । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि रिक्त सहरी विकासमन्त्रीको जिम्मेवारी बास्कोटाले सम्हाल्दै आएकामा उक्त जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङलाई दिइएको छ ।
पूर्वएमालेबाट मन्त्री बन्न प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र महेश बस्नेत, विशाल भट्टराई दौडधुप सुरु गरेका छन् ।अबको मन्त्रिपरिषद विस्तारमा भक्तपुरका नेता महेश बस्नेत र खोटागंका नेता विशाल भट्टराई मन्त्री बन्ने र उनिहरुलाई क्रमश शहरी विकास र सुचना तथा सञ्चारमन्त्री बनाउने मनस्थितिमा प्रधानमन्त्री रहेको नेकपाका एक नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]