दाङ । राजमार्ग निर्माण कार्य तीव्र गतिमा अघि बढेसँगै भालुवाङ – लमही क्षेत्रमा यतिबेला निकै चहलपहल बढेको छ।
निर्माणका लागि दिनहुँ डोजर, टिपर र मजदुरको आवतजावत बढेको छ भने स्थानीय बजारमा पनि व्यापार व्यवसायमा चमक आएको छ। लामो समयदेखि धुलो, हिलो र खाल्डाखुल्डीले सास्ती खेप्दै आएका यात्रुले अब छिट्टै सहज यात्रा गर्न पाउने आशा गरेका छन्।
राजमार्ग बनेपछि दाङको व्यापार, पर्यटन र समग्र विकासले फड्को मार्ने स्थानीयको विश्वास छ।