पाल्पा । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाज्यू जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पा पाल्नुभई कार्यालयको निरीक्षण गर्नुभएको हो।
उहाँले कार्यालय भवन तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूलाई कार्यसम्पादन, अनुशासन, सेवाप्रवाह र ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशन दिनुभएको छ।
निरीक्षणका क्रममा सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको कडाइका साथ पालना गराउने र सेवाग्राहीमैत्री सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो ।