२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

पुर्व सभामुख महारालाई दाङको भालुवाङ सिसहनिया लमहीमा भव्य स्वागत

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६

बिदुर एमसी
दाङ फागुन १२ पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला दाङ पुग्नुभएको छ । दाङ– २ बाट निर्वाचित महरा आज दाङको प्रवेशद्वारको रुपमा रहेको भालुवाङ पुगेपछि भव्य स्वागत गरिएको छ ।
पूर्वसभामुख महरालाई भालुवाङबाट घोराही जाने बाटोमा पर्ने विभिन्न स्थानहरुमा भव्य स्वागत गरिएको छ । त्यस क्रममा उहाँलाई सिसहनियाँमा पनि स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक र आमजनताले स्वागत गरेका छन् ।
त्यस्तै, लमही बजार पुगेपछि त्यहाँ पनि महरालाई स्वागत गरिएको छ । जिल्ला अदालत काठमाडौंले महरामाथि लागेको आरोपबाट पूर्ण सफाई दिएपछि महरा दाङ पुग्नुभएको हो । सबै कार्यक्रमहरुमा पूर्वसभामुख महराले संक्षिप्त सम्बोधन गर्नुभएको छ । महराले सम्मानित अदालतले आफूलाई न्याय दिएको बताउँदै अब जीवनभर दङाली जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!