२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

पुर्व सभामुख महारालाई दाङको भालुवाङ सिसहनिया लमहीमा भव्य स्वागत

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६


बिदुर एमसी
दाङ फागुन १२ पूर्वसभामुख कृष्णबहादुर महरा आफ्नो निर्वाचन क्षेत्र रहेको जिल्ला दाङ पुग्नुभएको छ । दाङ– २ बाट निर्वाचित महरा आज दाङको प्रवेशद्वारको रुपमा रहेको भालुवाङ पुगेपछि भव्य स्वागत गरिएको छ ।
पूर्वसभामुख महरालाई भालुवाङबाट घोराही जाने बाटोमा पर्ने विभिन्न स्थानहरुमा भव्य स्वागत गरिएको छ । त्यस क्रममा उहाँलाई सिसहनियाँमा पनि स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक र आमजनताले स्वागत गरेका छन् ।
त्यस्तै, लमही बजार पुगेपछि त्यहाँ पनि महरालाई स्वागत गरिएको छ । जिल्ला अदालत काठमाडौंले महरामाथि लागेको आरोपबाट पूर्ण सफाई दिएपछि महरा दाङ पुग्नुभएको हो । सबै कार्यक्रमहरुमा पूर्वसभामुख महराले संक्षिप्त सम्बोधन गर्नुभएको छ । महराले सम्मानित अदालतले आफूलाई न्याय दिएको बताउँदै अब जीवनभर दङाली जनताको हितका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरिरहनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!