२८ चैत्र २०८२, शनिबार
11-04-2026 , Sat
×

दाङमा मोटर साइकल दुर्घटना हुँदा चालकको मृत्यु

Logo
प्रकाशित सोमबार, फाल्गुण १२, २०७६

बिदुर एमसी
दाङ फागुन १२ लमही देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। लमही देखि घोराही जाँदै गरेको रा ३ प ५७११ नम्बरको मोटर साइकल कुलमोड नजिक सोमवार मध्यान्न १२ः५० बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परीे तुलसीपुर उपमहानगरपालिका १६ का कृष्णबहादुर डाँगीको दिउँसो १ः३५ बजे घाइते अवस्थामा रहेका डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मृतकको नाक, मुखमा गम्भीर चोट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!