
बिदुर एमसी
दाङ फागुन १२ लमही देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। लमही देखि घोराही जाँदै गरेको रा ३ प ५७११ नम्बरको मोटर साइकल कुलमोड नजिक सोमवार मध्यान्न १२ः५० बजेको समयमा आफै अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा परीे तुलसीपुर उपमहानगरपालिका १६ का कृष्णबहादुर डाँगीको दिउँसो १ः३५ बजे घाइते अवस्थामा रहेका डाँगीको लमही फ्लोरेन्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । मृतकको नाक, मुखमा गम्भीर चोट लागेको थियो ।