०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

नेपाल प्रहरीको AIG र DIG बढुवा प्रक्रिया सुरु कोको छ्न त नाम सहित

Logo
प्रकाशित मंगलबार, फाल्गुण १३, २०७६

सागर थापा (क्राईम रिपोर्टर)
काठमाडौं फागुन १३ गृहमन्त्रालयले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) तथा नायव महानिरीक्षक (डिआइजी)को बढुवा प्रक्रिया अगाडि बढाएको छ ।
नेपाल प्रहरीमा तीन एआइजी र १८ डिआइजी पद रिक्त छ ।
बढुवामा को को छन अगाडि ?
नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको छ । रोलक्रम अनुसार एआइजीको बढुवामा ९० ब्याचका तारिणी लम्साल, सुर्य उपाध्याय र ९८ ब्याचका डिआइजीहरु शैलेस थापा क्षेत्री, हरिवहादुर पाल, प्रद्युम्न कार्की, निरजबहादुर शाहीबीच प्रतिस्पर्धा छ ।
हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची तारिणी लम्साल पहिलो पंक्तिमा छन् । लम्सालपछि ९८ औं ब्याचका डिआइजीहरु शैलेस थापा क्षेत्री, हरिबहादुर पालको एआइजी बन्ने सम्भावना प्रवल छ । डिआइजीहरु प्रद्युम्न कार्की निरजबहादुर शाही र सुर्य उपाध्याय पनि एआइजीकाे स्वाभाविक दावेदार हुन् ।
डिआइजी बढुवाकोलागि ९८ ब्याचका एसएसपीहरु धनश्याम अर्याल, पुरुषोत्तम कणेल, गणेश बहादुर ऐर, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वर बाबु कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, देव बहादुर बोहोरा, रामकृपाल शाह, १०१ औं ब्याचका उत्तमराज सुवेदी, धीरजप्रताप सिंह, बसन्त कुमार लामा, दिवेश लोहनी, रविन्द्र धानुक बढुवाका दावेदार हुन ।
त्यस्तै २०७५ वैशाखमा एसएसपीमा बढुवा भएका सहकुल थापा, अरुण कुमार विसी, प्रकाश अधिकारी, शुसिलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पुजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर वोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, किशोरकुमार दाहाल, शेखर कोइरला, प्रदिपकुमार श्रेष्ठबीच डिआइजी बढुवाको प्रतिस्पर्धा हुने छ ।
यस्तो छ बढुवा सम्बन्धि व्यवस्था
प्रहरी नियमावली २०७१ अनुसार एआइजीको बढुवा सिफारिस समितीमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आइजिपी सदस्य सचिव रहेको तीन सदस्यीय बढुवा समितिको हुने नियमावलीमा उल्लेख छ ।
डिआइजीको बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, आइजिपी सदस्य र आइजिपीले तोकेको एआइजी सदस्य सचिव रहने उल्लेख छ । हाल एआइजीका तीनै पद रिक्त रहेको अवस्थामा प्राविधिक एआइजी डाक्टर आशा सिंहलाई सदस्य सचिव तोकेर बढुवा गर्न सक्ने ठाउँ छ ।
बढुवा सम्बन्धि नियमावलीको परिच्छेद–४ अनुसार बढुवाका लागि बस्ने समितिले जेष्ठता, कार्यदक्षता, कार्यसम्पादन मुल्यांकनलाई आधार मानेर बढुवा गर्नुपर्छ ।
कार्यसम्पादन मूल्याङ्कन वापत–४० अंक, ज्येष्ठता वापत–२०, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापत–८, शैक्षिक योग्यता वापत–१०, तालिम वापत, ७.५, चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत–५, विभूषण (मानपदवी, अलंकार तथा पदक) वापत–२, बढुवा समितिले दिने–७.५ अंक गरी सवैभन्दा बढी नम्बर प्राप्त गर्ने ब्याक्तिलाई सिफारीस गर्नु पर्ने प्रावधान छ । बढुवा समितीले दिने साढे सात नम्बरमा राजनीतिक दवावले प्रभाव राख्छ ।
गृहमन्त्रालयका प्रवक्ता सह–सचिव केदारनाथ शर्माले रिक्त रहेको प्रहरीको एआइजी, डिआइजीको बढुवा प्रक्रिया अगाडि बढेको बताए । ‘प्रहरीको रिक्त रहेको पदपुर्तिको लागि मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ,’ उनले भने, ‘छिट्टै बढुवा गर्ने तयारीमा छौ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!