२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बिरगंज यातायात कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

वीरगन्ज फागुन १४ अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जबाट केही कागजात लिएर फर्किएको छ । समय समयमा भ्रष्टाचार र घुस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा आएको अख्तियारको टोलीले बुधबार केही कागजपत्र लिएर फर्किएको हो ।
पछिल्लो समयमा पनि केही अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानविन गर्न केही कागजपत्र लिएर फर्किएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले राजधानीलाई बताए । केही शंका लागेका र त्यहाँ हेरिनसकेका कागजपत्रका केही प्रतिलिपी र केही सक्कल पनि लिएर टोली फर्किएको उनको भनाइ छ ।
‘के कागजात लिएको भन्ने हामीले भन्न मिल्दैन । अख्तियार कार्यालय हेटौडाका सूचना अधिकारी रेग्मी सरसँग नै बुझ्नुस्ं’ टोलीमा आएका सदस्यहरुले भने । यातायात व्यवस्था कार्यालय वीरगन्जका कर्मचारीले पनि केही कागजपत्र अख्तियारको टोलीले लिएर फर्किएको बताए ।
अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयले जनाएको छ । आजको निगरानीलाई छापा मारेको नै नभनौं । कार्यालयको आफ्नो नियमित चेकजाँच गर्ने क्रममा उजुरी आए अनुसार निगरानी गरिरहेको हो सूचना अधिकारी रेग्मीले भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]