२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिरगंज यातायात कार्यालयका कागजपत्र अख्तियारको नियन्त्रणमा

Logo
प्रकाशित बुधबार, फाल्गुण १४, २०७६

वीरगन्ज फागुन १४ अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले यातायात व्यवस्था कार्यालय पर्सा वीरगन्जबाट केही कागजात लिएर फर्किएको छ । समय समयमा भ्रष्टाचार र घुस प्रकरणमा जोडिने यातायात व्यवस्था कार्यालय वीरगन्जमा आएको अख्तियारको टोलीले बुधबार केही कागजपत्र लिएर फर्किएको हो ।
पछिल्लो समयमा पनि केही अनियमितता गरेको उजुरी परेपछि अख्तियारको टोलीले छानविन गर्न केही कागजपत्र लिएर फर्किएको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयका सूचना अधिकारी शिवराज रेग्मीले राजधानीलाई बताए । केही शंका लागेका र त्यहाँ हेरिनसकेका कागजपत्रका केही प्रतिलिपी र केही सक्कल पनि लिएर टोली फर्किएको उनको भनाइ छ ।
‘के कागजात लिएको भन्ने हामीले भन्न मिल्दैन । अख्तियार कार्यालय हेटौडाका सूचना अधिकारी रेग्मी सरसँग नै बुझ्नुस्ं’ टोलीमा आएका सदस्यहरुले भने । यातायात व्यवस्था कार्यालय वीरगन्जका कर्मचारीले पनि केही कागजपत्र अख्तियारको टोलीले लिएर फर्किएको बताए ।
अख्तियारमा परेको उजुरी अनुसार नियमित चेकजाँच गर्न टोली पर्साको यातायात व्यवस्था कार्यालय वीरगन्जमा पुगेको अख्तियार दूरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयले जनाएको छ । आजको निगरानीलाई छापा मारेको नै नभनौं । कार्यालयको आफ्नो नियमित चेकजाँच गर्ने क्रममा उजुरी आए अनुसार निगरानी गरिरहेको हो सूचना अधिकारी रेग्मीले भने

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!