२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी पन्तको कार्वाही सुरु स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा) प्रहरीले वीरगंजबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको वीरगंज महानगरपालिका वडा नंम्बर १६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय राजुकुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ वर्षीय विजय कुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
साह र महतोलाई प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो। साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद ९ लाख ७१ हजार र महतोको साथबाट नगद १० लाख नेपाली रुपैयाँ बरामद गरेको छ। यस्तै कलवार र ठाकुर बिआर ०५ एए ७२५५ र बिआर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाइकलसहित प्रहरीले वीरगञ्ज १६ स्थित भन्सार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको थियो।
कलवारको साथबाट स्रोत खुलाउन नसकेको तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!