३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

एसपी पन्तको कार्वाही सुरु स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण १५, २०७६

(सागर थापा) प्रहरीले वीरगंजबाट स्रोत नखुलेको २६ लाख ७१ हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेका छ। पक्राउ पर्नेमा एक जना भारतीय र तीन जना नेपाली नागरिक रहेका छन्। रौतहट पिपरा पोखरिया–१ घर भइ हाल पर्साको वीरगंज महानगरपालिका वडा नंम्बर १६ नगवा बस्ने ४१ वर्षीय संजय कुमार साह, सोही ठाउँका ३० वर्षीय जयलाल महतो, ३१ वर्षीय राजुकुमार कलवार र भारत रक्सौल डुमरिया टोल बस्ने ३५ वर्षीय विजय कुमार ठाकुरलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।
साह र महतोलाई प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट बा ४८ प ६५९७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको थियो। साहको साथबाट प्रहरीले स्रोत खुलाउन नसकेको नगद ९ लाख ७१ हजार र महतोको साथबाट नगद १० लाख नेपाली रुपैयाँ बरामद गरेको छ। यस्तै कलवार र ठाकुर बिआर ०५ एए ७२५५ र बिआर ०५ डी ५०१८ नम्बरको भारतीय मोटरसाइकलसहित प्रहरीले वीरगञ्ज १६ स्थित भन्सार कार्यालयको गेट अगाडीबाट नियन्त्रणमा लिएको थियो।
कलवारको साथबाट स्रोत खुलाउन नसकेको तीन लाख र ठाकुरको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनाविरुद्ध अवैध वित्तिय कारोबार (हुण्डी) शिर्षकमा मुद्दा दर्ता गरी कारवाही अघि बढाइएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपरा, कपिलवस्तुमा नयाँ कार्यालय प्रमुखको रुपमा खटिई आउनु भएका प्रहरी निरीक्षक कालिका कार्की ज्यूको स्वागत कार्यक्रम सम्पन्न भएको छ। कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो। स्वागत कार्यक्रम पश्चात नवनियुक्त कार्यालय प्रमुख कार्कीले शान्ति सुरक्षा कायम राख्न र नागरिक मैत्री सेवा प्रदान गर्न […]

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]